☰ open Loading... 20 April 2024|  

बजेट कटौती गरेकोमा महिलाको विरोध
  | १ असार २०७३, बुधबार ०८:५३

नारायण नगरपालिका– ७ का महिलाहरुले परिषद्बाट छुट्याएको नगरस्तरिय महिला लक्षित बजेट कटौती गरेकोमा विरोध गरेका छन् । महिलाहरुले कार्यकारी अधिकृतकै कार्य कक्षमा पुगेर उनीहरुले विरोध गरेका छन् ।

योजनाको बजेट कटौति गरेको विरोधमा ध्यानआर्कषण नगरपालिका पुगेका महिलाहरु ।
योजनाको बजेट कटौति गरेको विरोधमा ध्यानआर्कषण नगरपालिका पुगेका महिलाहरु ।

बस्ती, वडाहुँदै नगर परिषद्बाट छुट्याएको आफ्नो बजेट संशोधनमा काटौती भन्दै कार्यालयमै पुगेर विरोध गरेका थिए । महिलाहरुले खोलेको बसन्तमाला मकै विउ उत्पादन समुहको भवन कम्पाउण्डिङका लागि परिषद्बाट १ लाख छुट्याईएको थियो ।

समुहकी अध्यक्ष निर्मला खड्काको नेतृत्वमा विरोध तथा खवरदारी गर्न महिलाहरुको समुह आएका थियो । łमहिलाहरुले वडाहुँदै दुःखले पारेको योजना नै काटौती गर्दा निकै दुःखीत भएकाले विरोधका लागि यहाँ आएका हौं ।’

समुहकी अध्यक्ष खड्कले भनिन् । łमहिलाहरु मिलेर महिलाहरुकै आर्यआर्जनका लागि उत्पादन समुह खोलिएको हो तर, पनि बजेट हालिएन् हामीमाथि अन्याय भयो ।’ łमन्त्रालयबाट प्रस्तावित बजेट नआउँदा योजना काट्नुपर्ने बाध्यता भयो ।’

नारायण नगरपालिकाका शाखा अधिकृत निरक रावलले भने, नगरस्तरिय र पूर्वाधार कार्यक्रमबाट ३२ योजनाको ६५ लाख काटियो । अहिले काटिएका योजनाहरुलाई अर्को आवमा प्राथमिकता दिईने छ ।’

łवडाबाट आएको लक्षित वर्गको काटिएको छैन् ।’ कार्यकारी अधिकृत भक्तबहादुर मल्लले भने, पूर्वाधार र नगरस्तरिय लक्षित वर्गको महिला लक्षितको पुरै योजना काटिएको हो ।’

अपेक्षा गरेझै ८४ लाख रुपैँया नआउँदा बजेट सम्शोधनमा काट्नुपर्ने बाध्यता भएको रावतले बताए । नगरपालिकाका अनुसार १५ प्रतिशत आउनुपर्ने बजेट समेत नआउँदा नगरपालिकाको विकासमा बाँधा भएको जनाएको छ ।