☰ open Loading... 16 April 2024|  

युवामा तरकारी मोह
  | १५ श्रावण २०७३, शनिबार ०९:४१

पश्चिम नेपाल सम्वाददाता
दैलेख, १५ साउन ।
सेरी – २ की २० वर्षिया प्रमीला शाही पढाईसंगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् ।

पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् । गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं  पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन् ।

बुवाआमाले अपनाएको कृषि खेतीमा धेरै छोराछोरी टाढा हुन्छन् तर, उदाहरणिय रुपमा प्रमीला कृषि तर्फ होमिनुले अरुलाई कृषिप्रति आर्कषण समेत गरेकी छिन् ।

 तरकारी बारीमा बन्दा लगाउँदै प्रमीला र बहिनी सपना । तस्विर ः पश्चिम नेपाल
तरकारी बारीमा बन्दा लगाउँदै प्रमीला र बहिनी सपना । तस्विर ः पश्चिम नेपाल

उनी गाँउकै उमाविमा १२ कक्षामा पढछिन् । पढाईको समय सकेपछि उनी मेहनतका साथ तरकारी हेरचाहमै प्राय समय विताउँने गर्छिन् । उनीलाई सघाउन उनकी १८ वर्षिया बहिनी सपना शाही बारीमै हुन्छिन् ।

दुई बहिनीले बुवाआमाले गर्दै आएको तरकारी खेतीलाई अँझ ब्यवसायीक बनाउन जोड दिईरहेका छन् । उनीहरुकै जाँगरका कारण विगतभन्दा तरकारी बढी धेरै आम्दानी समेत लिईरहेको छन् । बुवाआमाले मात्र लगाउँदा कम हुने हुँदा हामी दुई बहिनीले पनि फुर्सद निकालेर तरकारी ब्यवसायमै लागेका छौ ।

प्रमिला भन्छिन् ः लेकाली भेक भएकाले राम्रो तरकारी फल्ने र आम्दानी पनि राम्रो हुने भएकाले केही गनुपर्छ भनेर लागिरहेका छौ । उनीहरुले बन्द्रा काउली, टमाटर, आलु  लगायत बारीभरी लगाएका छन् । उनीहरुले कुनै बारीको कुनो पनि खाली राखेका छैनन् ।

आलुबाट मात्रै बार्षिक दुई लाख बढी उनीहरुले कमाउँछन् । जिल्लाको धेरै तरकारी उत्पादन हुने सेरीका यूवा पुस्ताहरु उत्पादन राम्रो मुल्य बढी पाईन थालेपछि तरकारी खेती तर्फ आर्कषित भएका हुन् ।

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगमा यहाँका प्रमीलाजस्ता धेरै यूवा किसानहरु कृषितर्फ आर्कषण भएका छन् । आयोजनाले टनेलमा तरकारी फलाउन कृषिकहरुलाई आवश्यक सामाग्री दिने गर्दछ ।

यहाँका यूवाहरु पनि कृषिमा आवद्ध भएर घरपरिवारलाई ठुलो सहयोग गरेको त्रिवेदी बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले बताए ।