☰ open Loading... 25 April 2024|  

हाईड्रोमा करोडौं क्षती
  | १० श्रावण २०७३, सोमबार ०९:४७

पश्चिम नेपाल सम्वाददाता    
दैलेख, १० साउन ।

दैलेखको द्धारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्धारीखोला हाईड्रोपावरले बाढी र पहिरो आउदा  ठुलो क्षति ब्यहोरेको छ । पाईपलाईन र मुहान साईटमा पहिरो र बाढीले २ करोडको क्षति पुगेको निर्माण प्रर्वधक भुर्गोल ईनजी डेप्लोमेन्ट कम्पन्नीले जनाएको छ ।

Duwarika 1
द्धारीखोला हाईड्रो पावर कम्पनीको पावरहाउस साईट । तस्विर ः पश्चिमनेपाल

असोजभित्र बत्ती बाल्ने गरी काम अन्तिम चरण पुगेका बेला बाढी र पहिरोले निर्माणस्थलमा क्षती पुराएको हो । मुहानमा बाढी र पाईप विछ्याउने तयारी रहेको ठाँउमा पहिरोले २ करोडको क्षती पुगेको आयोजना निर्माण कम्पनी भुगोल ईनर्जी प्रालीका साईट ईन्चाज सन्तोष कार्कीले जानकारी दिएका छन् । द्धारीखोला हाईड्रोपावरले छिट्टै बत्ती बाल्ने तयारीका साथ काम भैरहेको थियो ।

कार्कीले भने, ठुलो पानी परेपछि बाढी र पहिरोले निर्माण स्थलमा क्षती गरायो । द्धारीखोला हाईड्रो पावरसंगै अन्य २ वटा निर्माण चरणमा भएपनि सुस्त गतिमा छन् । छिटो निर्माण कार्य सकेमा द्धारीखोला दैलेख ठुलो लगानीमा बत्ति बल्ने पहिलो हाईड्रो हुनेछ ।

बत्तीको परिक्षणको तयारी हुन २ महिना बाँकी रहदा बाढी पहिरोले क्षती पुराउँदा दैलेखबासी निराश भएका छन् । दशैंदेखी लोडसेडिङ जिल्ला हुनेमा निश्चित रहेका दैलेखबासीहरु हाईड्रोमा आएको बाढी पहिरोले निराश भएका हुन् ।

Duwarika 2
साईट ईन्चाज सन्तोष कार्कीका अनुसार असोजमा काम सकिर बत्ति बाल्ने कार्ययोजना समय तालिकाभन्दा केही दिनपछि धकेलिएको बताए ।  कम्पनीले द्धारी खोलाबाट २६ सय मिटर लम्वाई नहर खनेर पाईपलाईनमार्फत १ किलोमिटर डाउन पानी झारेर पावरहाउसबाट विद्युत निकाल्नेछ ।

यसरी द्धारीखोलाबाट निकालिएको विद्युत ३२ किलोमिटर पोलहरु गाडेर सदरमुकाममा रहेको सव स्टेशनमार्फत राष्ट्रिय लाईनमा जोडिने जनाईएका छ । जसका लागि पावरहाउस, जेनेटर र र्टवाईन जडान, सव स्टेशनसम्म पोलहरु गाड्ने काम भैसकेका छन् ।

चाईनाबाट पाईप ल्याईएको हो भने भारतमा पावरहाउसमा जोडिने मेशिनहरु ल्याईएको निर्माणको काम भैरहेको द्धारी खोला हाईड्रोपावर कम्पनीका सञ्चालक समितिका सदस्य मोहनविक्रम कार्कीले बताए ।

सिभिल निर्माण, हाईड्रो मेकानिकल, ईलोक्ट्रोमेकानिकलको कामसंगसंगै गरेर प्रगती राम्रो देखाएको थियो । कम्पनीले प्रभावित क्षेत्र द्धारी गाविसमा १ करोड रकम खर्च गरेर गाँउसम्म मोटरबाटो खनेको छ । कम्पनीले ४० रोपनी जग्गाको  १ करोड रुपैँया क्षर्तीपूर्ती समेत दिईसकेको छ । त्यस्तै कम्पनीले विद्यालय, पुल, सडक, गोरेटो बाटोका साथै स्थानीयलाई रोजगारी समेत दिएको छ ।