☰ open Loading... 20 April 2024|  

सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने
  | ३१ असार २०७३, शुक्रबार ०८:२७

सुर्खेत यो चालु आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि अधुनिकरण आयोजना सञ्चालन हुने भएको छ । सुर्खेतसहित देशभरका ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कृषिलाई आधुनिक व्यवसायिकरण गर्न र पहिचान योग वाली उत्पादन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन हुनेछ ।

आयोजना सञ्चालन पश्चात मुलतः आफ्नो उत्पादनलाई देश विदेशमा निर्यात गर्ने र आत्मनिर्भर बन्ने अपेक्षा कृषिको छ । ‘३५ जिल्लाको कुल ६ अर्ब बजेट छ हो ।’ जिल्ला कृषि विकास कार्यालय सर्खेतका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले भने,–‘सुर्खेतका लागि यति नै बजेट भनेर किटानी गरिएको छैन् ।’

आयोजना सञ्चालन भएका गाविसका कृषकले कृषि कार्यालयले दिँदै आएको अनुदान पाउने छैनन् । आयोजनाले नै कृषकहरुका आवश्यकता पहिचान गरेर योजनाबद्ध कार्यक्रम सञ्चालन हुने कार्यालयले बतायो ।

यही कार्यक्रम अन्तरगत कार्यालयले जिल्लाका नेटा, रामघाट, पाम्का, अवलचिङ दशरथपुर, लेखफर्सा लगायतका गाविसलाई अदुवा पटक क्षेत्र बनाउने तयारी रहेको गिरीले बताए । कुनै एक वाली वा उत्पादनमा ति गाविसलाई अदुवा क्षेत्रको रुपमा विकास गरिने उनको भनाई छ । अवदेखि यी गाविसहरुका किसानहरुले अदुवा खेतीमा सरकारी अनुदान पाउने छन् ।

अदुवा र बेसार उत्पादनमा सुर्खेत परिचित जिल्ला हो । पहिचान बालीको व्यवसायीकरण गर्नमा यो कार्यक्रमले थप मद्दत पुग्ने अपेक्षा गिरीको छ ।
अदुवा खेती उत्पादनको क्षेत्र विस्तार गर्दै एक हजार हेक्टर पु¥याएर सुपर जोनको रुपमा विकास गर्ने लक्ष्य कार्यालयको छ । अवदेखि अदुवा खेतीको लागि छनौट भएका गाविसमा अन्य संघ संस्थाले पनि अदुवा किसानलाई सहयोग गर्ने प्रवाधान कार्यालयले बनाउने भएको छ ।

वीउ उत्पादनमा आत्मनिर्भर सुर्खेत जिल्ला भने वीउ उत्पादनमा आत्मनिर्भर बनेको छ । विगतका वर्षमा बाहिरबाट भित्रने खाद्यन्न बालीको वीउ निर्यात समेत गर्न थालेको बरिष्ठ अधिकृत गिरीले बताए । जिल्लामा उत्पादन हुने मकै र धानको वीउ छिमेकी जिल्ला बाँके, दाङ लगायतका जिल्लामा निर्यात हुन थालेको छ ।

यसो त कार्यलयले अवदेखि कुन क्षेत्रमा के उत्पादन हुन्छ त्यही अनुसार खेतीबाली गरिने रणनीतिमा कृषि कार्यालय जुटेको छ । ‘उत्पादन अनुसार तरकारीको पकट क्षेत्र, खाद्यन्न वालीको ब्लक र अदुवाको जोन बनाउने योजना छ ।’ अधिकृत गिरीले भने,–‘साविकको जमिनमा धेरै जातका खेतीले कृषक आत्मनिर्भर बन्न नसक्ने भएकाले यस्तो योजना लागु गर्दैछौं ।’

आठ करोड खर्च
यसैवीच जिल्ला कृषि विकास कार्यालय सुर्खेतमा आथिर्क वर्ष २०७२÷०७३ मा आएको कुल बजेटमध्य ७ करोड ८० लाख रुपैया खर्च भएको जानकारी दिएको छ । यो कुल बजेटको ९५ प्रतिशत खर्च बजेट हो ।

आर्थिक वर्षमा कार्यालय कृषकहरुलाई गहुँ ३८, मकै २४, धान ३८, आलु ३३ मेट्रिक टन वीउ वितरण जानकारी दिएको छ । यस्तै, फलफुलका २१ हजार विरुवा, ८७४ जना किसानलाई च्याउको वीउ, ८० वटा हातेपंखा, ७१ वटा स्प्रे, २० वटा पावर टेलर वितरण गरिएको अधिकृत गिरीले बताए । यसैगरी, २६० मौरीघार, ५ लाख माछाको भुरा, युवा लक्षित कार्यक्रममा १६१ जना कृषकलाई अनुदान र तीन सय सुधारिएका भकारो निर्माण गरिएको छ ।