☰ open Loading... 29 March 2024|  

रियो ओलम्पिकका लुकेका पाँच तथ्य
  | २८ श्रावण २०७३, शुक्रबार १०:३३

एजेन्सी
ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ दक्षिण अमेरिकी देशमा सञ्चालन भएको पहिलो ओलम्पिक हो ।   रियो ओलम्पिकको उद्घाटन गरिएको माराकाना स्टेडियमको दर्शक क्षमता अहिले ७८ हजार छ ।

तर सन् १९५० को विश्वकपको फाइनल हेर्न यहाँ १ लाख ७३ हजार मानिस उपस्थित भएका थिए । सन् २०१४ को विश्वकपको फाइनल पनि यही खेलाइएको हो । रियो आलम्पिकको समापन पनि यही स्टेडियममा हुँदैछ ।
reo
१ सय १२ वर्षपछि ओलम्पिकमा गल्फ खेललाई सहभागी गराइएको छ । यसअघि सन् १९०० र १९०४ को ओलम्पिकमा गल्फ प्रतिस्पर्धा गराइएको थियो । यो ओलम्पिकको लागि गल्फ होल अमेरिकी आर्किटेक्ट गिल हान्सेले डिजाइन गरेको हन् ।

नेपालकी स्वीमर जारी रियो ओलम्पिककै कान्छी खेलाडी हुन् । तर, ओलम्पिक इतिहासमै सबैभन्दा कान्छा खेलाडी भने ग्रीकका जिम्न्यास्ट डिमिट्रियोस लन्ड्रास हुन् उनी सन् १९९६ को ओलम्पिकमा सहभागी थिए ।

ओलम्पिकमा संसारभरका देशले प्रतिस्पर्धा गर्छन तर जारी रियो ओलम्पिकमा भने शरणार्थीहरुले शरणार्थी ओलम्पिक टिमको रुपमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यो ओलम्पिकमा ४ देशका १० शरणार्थी प्रतिस्पर्धी सहभागी छन् । तीमध्ये २ जना स्वीमिङ, २ जुडो, एक म्याराथन र ५ जना मध्यम दुरीको दौडमा सहभागी हुँदैछन् ।