☰ open Loading... 25 April 2024|  

सबै श्रीमान् यस्तै हुन्छन् त ? पढ्नुस् ७ बानी
  | २९ श्रावण २०७३, शनिबार ०९:१२

ध्यान दिने कुरामा पनि मतलब नै नगर्ने बानी श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । तपाईंको श्रीमानमा यहाँ भएको बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छ ।

१. चिसो रुमाललाई बेडमा राखनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ ।

२. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनुः जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् ।

३. ‘आउँदै छु’ भन्छन् तर नआउने खाना चिसो भयो भनेर जतिसुकै बोलाए पनि त्यो कुराको वास्तै नहुने, काँही जादा समयमा नआउने, जहाँ गयो त्यही हराउने, जस्ता कुराहरुले पनि श्रीमती रिसाउछ्न ।

४. आफ्नै सामानहरु थाहा नहुनुः धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् ।

५. बाथरुम भित्र नै पेपर पढ्ने, चुरोट खाने, मोवाइल चलाउने ,धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने, मोवाइल चलाउने, धेरैवेर सम्म वाथरुममा बस्ने बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै गराखी ढिला गर्ने जस्ता कुराहरु कुन श्रीमतीलाई राम्रो लाग्ला र ?

६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्ः श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ ।

७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्ः उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै खाजा खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ ।