☰ open Loading... 19 April 2024|  

महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?
  | २९ श्रावण २०७३, शनिबार ०९:१६

विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौनसम्पर्कका आ–आफ्नै समस्या हुन सक्छन् ।

के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ रु

कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन ।

तपाईंलाई थाहा छ भने महिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट यो रगत बाहिर आउँछ। पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्मजीवलाई पनि भित्र जान दिँदैन। यौनसम्पर्क गर्दा योनिरसको सम्पर्कमा लिङ्ग आउने कुरा त तपाईंलाई पनि थाहै होला ।

त्यसैगरी थोरै भए पनि लिङ्गबाट आउने रसको सम्पर्कमा योनि पनि आउँछ। स्वस्थ व्यक्तिको बीचमा भएको यौनसम्पर्कमाआउने यस किसिमको रसले हानि गर्दैन । महिनावारीका बेला आउने रगतलाई कतिपयले फोहर रगत मान्छन्, तर त्यो सत्य होइन ।

महिनावारीमा आउने रगत फोहोर होइन भनेर सबैले बुझ्नु आवश्यक छ । शरीरबाट आउने रसको सम्पर्कमा आउँदा खराबी नहुने तर रगत आउँदा विशेष रूपमा खराबी हुने कुरा भन्ने कुरा अलि मिल्दो भएन । यसको कारणले डर लागेको भए चिन्ता नलिए हुन्छ ।

मिन्स भएको कति दिनमा बच्चा बस्छ रु

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ ।

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ

१. डिम्ब निष्कासन
२. यौन सम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण

एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन् । त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।