☰ open Loading... 25 April 2024|  

किन बढ्याे सल्यानी खुकुरीकाे माग ?
  | ६ भाद्र २०७३, सोमबार ११:५८

सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दै गएको छ । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउने र अन्य घरायसी कामको लागि प्रयोग गर्नेको संख्यामा बृद्धि भएपछि सल्यानी खुकुरीको माग बढेको हो ।

सल्यानमा निर्माण गरिएका खुकुरी ।
सल्यानमा निर्माण गरिएका खुकुरी ।

जिल्ला भित्र हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थालेपछि सल्यानी खुकुरीको माग अझै बढेको छ । माग अनुसारको खुकुरी उत्पादन भने हुन सकेको छैन् ।

लामो समय देखी खुकुरी बनाउने पेसामा लागेका शारदा नगरपालिका–२ खलंगाका बिश्वकर्मा टोलका ६४ वर्षिय जुद्धवीर बि.क.ले माग भए अनुसारको खुकुरी पु¥याउन नसकिएको बताएका छन् ।

खलंगामा रहेको विश्वकर्माटोलमा ११ परिवार छन् । ति मध्ये ६ परिवारले फलामबाट बन्ने खुकुरी, खुडा, चुलेसि, चक्कु र हसिया बनाउदै आएका छन् । जुद्धवीरका अनुसार खुडा, चुलेसी, चक्कुभन्दा बढि खुकुरीको माग रहेको उल्लेख गरे । द्वन्द्वका समयमा खुकुरी बनाउने कार्य बन्द भएको थियो ।

तर शान्तिको स्थापनासँगै पुनः खुकुरीको माग एक्काशी बढेको जुद्धवीरले जानकारी दिए । खुकुरी बनाउने पेसाले घर खर्चसंगै छोरा–छोरीलाई पढाउन सहयोग पुगेको इन्द्र वहादुर विकले बताए ।

खुकुरी बनाउने पुख्र्यौली पेसालाई व्यवसायिक बनाएर निरन्तरता दिएपछि दलित परिवारहरुको जीवनस्तरमा सुधार आएको उनीहरुले बताएका छन् । आफुहरुले उत्पादन गरेको खुकुरी बिक्री हुदैन की भन्ने डर नभएको भन्दै ईन्द्रले फलामका औजारहरु निर्माणमा बढ्दो लोडसेडिङ्ग बाँधक भएको उल्लेख गरे ।

दैनिक एक खुकुरी बनाउन सकिने भएपनि वढ्दो लोडसेडिङ्गले भनेजति उत्पादन नभएको उनीहरु बताउँछन् । ‘खुकुरी चम्कीलो बनाउन लगाईने सान प्रयोग गर्न समस्या छ ।’

उद्यमी इन्द्रले भने,–‘आकर्षक खुकुरी, खुडा वनाउने आधुनिक ग्रयाण्डर मेसिन भएपनि बत्तिका कारण प्रयोग बिहिन छ ।’ सल्यानमा निर्माण भएका खुकुरी काठमाण्डौ, नेपालगञ्ज, दाङ लगायत विदेशी मुलुक अमेरिका, अष्टे«लिया लगायत देशमा उपहारका स्वरुप पठाउने गरिन्छ ।