☰ open Loading... 20 April 2024|  

स्थानीय विकास अधिकारीकाे पर्दाफास
  | ७ भाद्र २०७३, मंगलवार १८:५५

नियम विपरित स्थानिय विकास अधिकारीको जिम्मा निमित्तलाइ 

अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाईले नियम विपरित निमित्त स्थानिय विकास अधिकारीको जिम्मा दिएको पाईएको छ ।

नेपाल सरकार अन्र्तगतका तीन तीन जना नेपाल सरकारको उपसचिव अन्र्तगतका कर्मचारी हुँदाहुँदै ईञ्जीनियरलाई स्थानिय विकास अधिकारीको जिम्मा दिईएको पाईएको छ । निति अनुसार नेपाल सरकारको स्थानिय विकास अधिकारी जिल्ला बाहिर गएमा जिल्ला प्राविधिक कार्यालय प्रमुख, त्यसपछि वरिष्ठ सुचना अधिकृत र सामाजिक विकास अधिकृतले निमित्त स्थानिय विकास अधिकारीको जिम्मा पाउनु पर्ने नीतिमा उल्लेख छ ।

जिल्ला प्राविधिक कार्यालय प्रमुख नभएपछी र सामाजिक विकास अधिकृत समेत जिल्ला बाहिर भएपछि वरिष्ठतता र नीति नियमको आधारमा वरिष्ठ सुचना अधिकृत पदम बहादुर माझिले निमित्त स्थानिय विकास अधिकारीको जिम्मा पाउनु पर्नेमा एकाएक स्थानिय विकास अधिकारीले ईञ्जीनियर लाल बहादुर विष्टलाई जिम्मा दिएर जिल्ला वाहिर गएका स्रोतबाट खुलेको छ ।

ddc acham

नियमसंगत अनुसार वरिष्ठतताको आधारमा स्थानिय विकास अधिकारीले जिम्मेवारी नदिएको वरिष्ठ सुचना अधिकृत पदम बहादुर माझिको भनाई रहेको छ । यतिबेला जिल्ला विकास समितीमा स्थानिय विकास अधिकारीकै लापरवाहीका कारण अन्य कर्मचारीले समेत मनोमानी रुपमा काम गर्ने गरेका पाईएको छ ।

स्थानिय विकास अधिकारीले निमित्त स्थानिय विकास अधिकारीको जिम्मा दिएको एक हप्तामै २ जनाले निमित्त स्थानिय विकास अधिकारीको जिम्मा पाएका छन ।

१ हप्ता अघि स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाईले जिल्ला प्राविधिक कार्यालयका ईञ्जीनियर लाल बहादुर विष्टलाई निमित्त दिएको ७ दिनमै उहाँले जिल्ला विकास समिती अछाममै कार्यरत अर्को कर्मचारीलाई निमित्तको जिम्मा दिएर जिल्ला बाहिर गईसकेका छन ।

यतिबेला जिल्ला विकास समिती अछाम लेखा अधिकृत अमृत पौडेलको भरमा चलिरहेको छ । जिल्ला विकास समिती अछामका स्थानिय विकास अधिकारीले जिल्ला छोडे संगै जिल्ला विकास समितीमा अहिले कर्मचारी उपस्थिती निकै कम रहेको छ ।

सोमबार मात्रै हामिले जिल्ला विकास समीतीको प्रशासन शाखामा गएर जानकारी लिदा २५ जना भन्दा कर्मचारी हुनु पर्ने कार्यालयमा ७ जना मात्र उपस्थिती रहेको पाईएको छ । जिल्ला विकास समितीको लेखा शाखा, आलेफ शाखा, प्राविधिक, राजस्व, प्रशासन तथा जिन्सी शाखा बाहेक अरु शाखा खाली नै छ ।

जिल्ला विकास समितीको मुख्य शाखा स्थानिय विकास अधिकारी, सामाजिक विकास अधिकृत, सुचना, ईञ्जीनियर शाखा कर्मचारी विना रित्तो रहेको छ । यतिबेला जिल्ला विकास समिती शुन्य देखिएको छ ।