☰ open Loading... 19 April 2024|  

विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग
  | ९ भाद्र २०७३, बिहीबार १८:५७

चन्द्रसूर्य प्राथमिक विद्यालय रकू– ३, मा कक्षा ३ मा अध्ययनरत मीना सार्की विद्यालयमै विद्यालयको पोशाक पाए पछि निकै खुशि देखिन्थिन् । विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि ति किताब बोक्ने झोलाको अभाव झेलिरहेकी मीनाले स्कूल ड्रेससहित कापी, कलम र प्राथमिक तहमा आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री पाए पछि उनको अनुहारमा खुशीको तरङ्ग दौडिरहेको थियो ।

‘अब त म सधै स्कूल आउँछु र सरले भन्नु भएको सबै कुरा राम्रोसंग पढ्छु’ हातभरी कापी कलम समाएकी मीनाले भनिन्, ‘अब त म घरमा स्कूल न जा भने पनि स्कूल आउँछु ।’ मीना जस्तै चन्द्रसूर्य प्रावि का २० जना बालबालिकाहरु यस्तै खुशि देखिन्छन् ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटले यहाँका विपन्न २० जना छात्रछात्रालाई शैक्षिक सामाग्री उपलब्ध गराए विद्यार्थीहरुमा खुशीयाली छाएको हो ।

भिडिसेफ नेपालले सेभ द चिल्ड्रेनको सहयोगमा सुख्खा क्षेत्र सम्बोधन कार्यक्रममार्फत यहाँका विद्यार्थी र अभिभावकलाई समेत आय आर्जनका लागि पनि सहयोग गरेको छ । कार्र्यक्रम अन्तर्गत विद्यालय सेवा क्षेत्रमा अभिभावक लक्षित अन्य कार्यक्रम पनि भए पछि विद्यार्थी मात्र होइन अभिभावहरुको अनुहारमा पनि केही आशाका किरण झुल्किएका छन् । ९० घरधुरी रहेको यो बस्तीमा १७ घरधुरी बाहेक अन्य सबै दलित बस्ती हो ।
कार्यक्रम माफृत विद्यालय भवन र शौचालय मर्मत, मुल पानी सिँचाइ आयोजना निर्माण, अभिभावकहरुलाई किचन गार्डेनमा आकर्षित गर्नेलगायतका क्रियाकलाप सम्पन्न भए पछि त्यसलाई निरन्तरता दिने अभिभावकहरुले बताएका छन् ।

‘संस्थाले हामीलाई बाटो देखाएको छ, अब यसको निरन्तरता दिन हामी अत्साहित भएका छौ’ रकू–३ का धन तिरुवाले भने, ‘हाम्रो आय आर्जन बृद्धिसंगै विद्यालयको मुहार पनि फेरिने छ ।’ उनले आफुले हिउँदमा फल्ने गहुँ र जौ को बिउ पाएको बताए ।

यहाँका ४५ घर परिवारले किचन गार्डेन शुरु गरेका छन् भने ७१ घर परिवारका लागि विभिन्न बालीहरुको बिउ उपलब्ध गराइएको छ । यहाँका अभिभावकहरुको खेती योग्य जमिनका लागि सिँचाइ कुलोको निर्माण गरेपछि जिल्ला कृषि बिकास कार्यालय कालीकोटको सिफारिसमा खाद्यान्न र तरकारी बालीको बिउ उपलब्ध गराइएको परियोजनाका संयोजक चन्द्रबहादुर बि.ले बताए ।

अभिभावकहरुको आय आय आर्जन बृद्धिसंगै बालबालिकाहरुलाई विद्यालयकमा निरन्तर गराउन सकिने भएकाले यो कार्यक्रममा सहयोग गरिएको सेभ द चिल्ड्रेन कालीकोटका संयोजक विजय बिश्वकर्माले बताए ।

कार्यक्रमले स्थानीयबासीको सहयोग पाएकाले सफल भएको भन्दै यसलाई अन्य गाबिसमा पनि सञ्चालनको पहल गर्नु पर्ने सरोकारवालाले बताएका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा कालीकोटमा विभिन्न परियोजना सञ्चालन भएको भए पनि यो कार्यक्रम ३ महिना अवधीको पाइलटिङ परियोजना भएको भिडिसेफका कार्यक्रम व्यवस्थापक महेशप्रसाद भट्टराईले बताए ।