☰ open Loading... 25 April 2024|  

यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका
  | २८ भाद्र २०७३, मंगलवार १०:१६

सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधातनमन्त्री दाहालले बिहीबारबाट चार दिने भारत भ्रमण सुरु गर्ने जनाएको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् ।

Nepal's newly elected Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, waves towards the media after he was elected Nepal's 24th prime minister in 26 years, in Kathmandu, Nepal, August 3, 2016. REUTERS/Navesh Chitrakar - RTSKTZ9

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका छन्  । प्रधानमन्त्रीसँग उनकी श्रीमती सीता दाहाल पनि भारत भ्रमणमा सहभागी हुनेछिन्  । भ्रमणको बेला प्रधानमन्त्री दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने जनाईएको छ ।

परराष्ट्र मन्त्री प्रकाशशरण महत अहिले भ्रमणको तयारी लागि भारतमा रहेका छन् । उनी पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा रहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने जनाईएको छ । केही सांसद, बिभिन्न मन्त्रालयका पदाधीकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराईने विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रका अनुसार भारत गएको दिन भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यही दिन उनले भारतका बिभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् । भदौ ३१ उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रममा सहभागी हुनेछन्  । त्यसपछि उनी माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् ।

भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्  । सोही दीन केही भारतीय मन्त्रीहरुले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन्  । असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन उनले पतञ्जली योगपिठको पनि अवलोकन गर्ने जनाइएको छ ।

भारत भ्रमणका बेला प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।