☰ open Loading... 20 April 2024|  

भारतमा सिधा सिधा कुरा राख्ने प्रधानमन्त्रीको अठोट
  | ३१ भाद्र २०७३, शुक्रबार ०७:१७

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपालको तर्फबाट आफ्ना कुरा सिधा–सिधा राख्ने तयारी गर्नुभएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा नयाँ सोचका साथ अगाडि बढाउने लक्ष्यका साथ प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका हुन् ।

prachanda-2

नेपालको राजनीतिलाई आफ्नो मियोमा हिँडाउन प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच रहेको असमान सम्बन्धलाई सहज बनाउने र नेपाल र भारत समान मुलुक हुन् र सार्वभौमसत्ता सम्पन्न मुलुक हुन् भन्ने मान्यतालाई स्थापित गराउनका लागि समेत प्रचण्डले आफ्ना धारणा सिधा–सिधा राख्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल र भारत समान हैसियतका राष्ट्र भएपनि भारतले त्यो कहिल्यै स्वीकार गरेन । भारत ठूलो दाजुको रुपमा प्रस्तुत हुँदै आएको छ । नेपालको साना तिना विषयमा समेत हात हाल्ने उसको प्रवृत्ति देखिएको छ । ठूला–ठूला परियोजनामा हातमा पार्ने र लामो समय अड्काएर राख्ने भारतको प्रवृत्ति रहेको छ ।

भारत सधै आफ्नो माथि पार्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा लागेको छ, यो हालसम्म कायम रहेको छ । सामान्य विषयमा समेत हात हालेर आफ्नो स्वार्थ पूरा गर्ने, राजनीतिक दलहरुलाई आफ्नो स्वार्थअनुसार चलाउने उसको प्रवृत्ति रहेको कोही कसैबाट छिपेको विषय होइन ।

नेपाली जनता भारतको ज्यादतीबारे जानकार छन् । संविधान निर्माणको क्रममा समेत भारतले हस्तक्षेप गरेको र नेपाली राजनीतिक नेतृत्वले अस्वीकार गरेका कारण भारत नाकाबन्दीमा उत्रेको विषय आम नेपाली जनतालाई थाहा भएको विषय हो । नाकाबन्दीका कारण परेको प्रभाव र त्यसले नेपाली अर्थतन्त्रलाई पारेको नकारात्मक असरको भागिदार नेपाल र नेपाली जनता बन्नुपरेको छ ।

पछिल्लो समय प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले सुरु गरेको केही गतिविधि र कामका कारण नेपाल–भारत सम्बन्ध सुधारको दिशामा अगाडि बढेको विश्लेषकहरुको ठहर छ । विश्लेषकहरुकाअनुसार नेपाल–भारत र चीनजस्ता मुलुकसँग समानताका आधारमा सम्बन्ध राख्न अग्रसर छ ।

समानताका आधारमा सम्बन्धहरु स्थापित गर्न तयार रहेको छ । प्रचण्डले उपप्रधानमन्त्रीद्वयलाई भारत र चीन पठाएर बलियो कुटनीतिको सुरुवात गरेका छन् । त्यसले सकारात्मक प्रभाव पारेको छ । नेपालमा लामो समयदेखि अड्किएका आयोजना अगाडि बढाउन आग्रह गरिएको छ ।

प्रचण्ड विगतमा भएका बसै सम्झौतालाई अक्षरश कार्यान्वयन गराउन जोड दिने तयारीमा छन् । त्यसो त प्रचण्डले आफू जोखिम मोल्न तयार रहेको बताएका छन् । मुलुक निर्माणमा लागि केही न केही जोखिम मोल्न राजनीतिक नेतृत्व तयार हुनैपर्छ । प्रचण्डले त्यसको संकेत गरेका छन् ।

भारतसँग समानताका आधारमा सम्बन्धलाई अगाडि बढाउने र नेपालको विकास प्रक्रियालाई पूर्ण रुपमा अगाडि बढाउने प्रचण्डको सोच रहेको छ । प्रचण्ड सधै केही न केही जोखिम उठाउन तयार देखिन्छन् र देखिँदै आएका छन् ।

प्रचण्डले जोखिम नउठाएको भए मुलुकमा गणतन्त्र आउने थिएन । संघीयता, धर्मनिरपेक्षता आउने थिएन । समावेशी समानुपातिक प्रणाली स्थापित हुने थिएन । संविधानसभाबाट संविधान आउने थिएन । त्यसकारण पनि नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन पनि जोखिम उठाउने बताउँदै आएका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।