☰ open Loading... 18 April 2024|  

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए
  | ११ मंसिर २०७३, शनिबार १५:०८

अफडानिस्तानमा इश्लामिक स्टेट समुहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् ।  नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् ।

पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ ।  सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ ।

नानगाहार राज्यको राजधानी जललाबाद शहर अफगानिस्तानको राजधानी काबुलदेखि १ सय २० किलोमिटर पुर्वमा पर्दछ ।  सो क्षेत्रमा सन् २०१५ देखि सरकारी सुरक्षा फौज र आइएस लडाकुबीचको द्वन्द्व चर्किदै गएको छ ।

हालसालै मात्रै सरकारी सुरक्षा फौजले त्यस क्षेत्रमा कारबाही स्थगत गरेको थियो । शुक्रबार पनि जललाबाद शहरमा भएको विस्फोटनमा परी दुई जना प्रहरी र तीन जना आमनागरिक मारिएका थिए ।