☰ open Loading... 19 April 2024|  

भारतमा बन्दै छ विश्वकै अग्लाे मन्दिर
  | १३ मंसिर २०७३, सोमबार १३:४९

भारतकाे उत्तर प्रदेशकाे विन्द्रावनमा विश्वकै ठुलाे चन्द्राेदय मन्दिर निर्माण भैरहेकाे छ । याे मन्दिरकाे उचाइ करिब २ सय मिटर हुनेछ । पाँच सय ५० कठ्ठा जमिन क्षेत्रफलमा  निर्माण हुन लागेकाे याे मन्दिर ७० तलाकाे हुनेछ ।

vrindavan-chandrodaya-mandir

हालसम्म विश्वकाे सवैभन्दा बढी उचाइमा रहेकाे धार्मिक भवन मिस्रकाे पिरामिड हाे । यसकाे उचाइ करिव १२८. ८ मिटर छ । वेटिकन सीटीकाे सेंट पीटर बैसेलिकाकाे उचाइ १२८.६ मिटर छ ।

बिन्द्रावनमा निर्माण भैरहेकाे कृष्ण भक्तजनकाे याे मन्दिरका डिजाइनकार थ्राेनटन टाेमासेट्टी नामक संस्थाले गरेकाे हाे । जसले मलेशियाकाे पेट्रोनास टॉवर, ताइवानकाे ताइपे 101 र विश्वकाे सवैभन्दा अग्लाे भवन सऊदी अरबकाे जेद्दा टावरकाे निर्माणमा गरिरहेकेा छ ।

राकेटकाे अाकारमा निर्माण भैरहेकाे चन्द्राेदय मन्दिर भुकम्प प्रतिराेग हुनेछ । यसकाे निर्माणामा ४५ लाख घनमिटर कंक्रिट र करिव साढे २५ हजार टन फलामकाे प्रयाेग हुने विविसि हिन्दीले उल्लेख गरेकाे छ ।