☰ open Loading... 19 April 2024|  

फर्केर हेर्दा २०१६ लार्इ
  | १६ पुष २०७३, शनिबार १६:४३

थुप्रै सुखद तथा दुःखद अनुभूति छोड्दै अंग्रेजी वर्ष २०१६ हामीबाट बिदा हुने तर्खरमा छ । बिदा हुन लागेको वर्षको समीक्षा गर्ने क्रम पनि सुरु भएको छ । यसै क्रममा बिबिसीले सन् २०१६ का उत्कृष्ट तस्वीर छनोट गरी सार्वजनिक गरेको छ ।

1-zeeka

 

१. वर्षको सुरुवातमा दक्षिण अमेरिकी देशरुमा जीका भाइरसले थुप्रै नवजात शिशुलाई चपेटामा पार्यो् । मस्तिष्क पूर्णरुपमा विकसित नभएका बच्चाहरु जन्मिए । यस रोगलाई माइक्रोसेफैली नाम दिइयो । विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा गर्योल ।

2-us-election
२. यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले म्यासाचुयट्समा अभिवादन गर्दा खुसीले एक समर्थकको होशहवास उड्यो । पछि ट्रम्पले राष्ट्रपति चुनावमा बाजी मारे ।

3-obama-tango-dance

३. मार्च महिनामा अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिचेल ओबामा अर्जेन्टिनाको भ्रमणमा थिए । भ्रमणका क्रममा आयोजित एक राजकीय भोजका क्रममा ओबामा र उनकी पत्नीलाई त्यहाँको राष्ट्रिय नृत्य ट्यांगोमा सहभागी हुन भनियो र उनीहरु खुलेर नाचे ।


४. अमेरिकी राज्य न्यूयोर्कमा भएको एउटा आन्दोलनका क्रममा जुलाई ९ का दिन आन्दोलनकारी महिला इशिया इवान्स प्रहरी डफ्फाको अघिल्तिर एक्लै खडा भइन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । एक निहत्था अश्वेत युवक प्रहरीको आक्रमणमा मारिएको विरोधमा भएको आन्दोलनले त्यसपछि झनै उग्र रुप लियो ।

5-new-york
५. जुलाई ११ मा न्यूयोर्कको गगनचुम्बी भवनका बीचबाट आएको सूर्यको प्रकाशले मनोरम दृष्य देखियो । मानिसहरुले यसको तुलना ब्रिटेनको स्टोनहेजसित गरे । यसलाई म्यानह्याटनहेज नाम दिइयो ।

6-turkey

६. टर्कीमा सत्ता उल्टाउने असफल प्रयासका क्रममा राजधानी इस्तानबुलको बस्फोरस पुलमा राष्ट्रपति रिचेप तैयप अर्दोआन र विद्रोही सैनिकहरूबीच ठूलो भिडन्त भयो । यस पुलले युरोप र एसियालाई जोड्छ ।

7-china

७. चीनको हुनान प्रान्तमा थ्यानमेन पहाडको ठीक किनारामा रहेको चट्टानमाथि एक सय मिटर लामो शीशाको पारदर्शी बाटो निर्माण गरिएको छ । यहाँ पर्यटकको ताँती लाग्ने गर्छ ।

8-david-bowie

८. जनवरी ११ मा ब्रिटेनका प्रख्यात गायक डेभिड बोईको निधन भयो । उनका प्रशंसकले दक्षिण लन्डनको ब्रेक्सटनस्थित उनको जन्मस्थानमा पर्खालमा ठूलो पोष्टर टाँगेर कार्यक्रम गरे । स्थानीय परिषद्ले यो पोष्टरलाई सुरक्षित राख्ने निर्णय गरेको छ ।

9-singing
९. ल्याटिन अमेरिकी गायिका बियोन्सी नोल्सले लस एन्जेलसमा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजनको पुरस्कार वितरण समारोहमा आफ्नो गीत ‘पि|mडम विथ केडि्रक लेमर’ प्रस्तुत गरिन् । त्यसमा उनले पुरस्कार पनि जितिन् ।

10-see
१०. संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका अनुसार सन् २०१६ मा भूमध्यसागर पार गर्ने प्रयासका क्रममा तीन हजार आठ सय आप्रवासी डुबेर मरे वा बेपत्ता भए ।

11-rio-olympic
११. रियो ओलम्पिकमा पाँच हजार मिटर दौडका क्रममा न्यूजिल्याण्डकी निकी हैंबलिन अमेरिकी धाविका एबी डी आगस्टिनोसँग ठोक्किएर लडेकी थिइन् । आगस्टिनोले दौड छोडेर उनलाई मद्दत गरिन् । उनको यो व्यवहारको निकै तारिफ भयो ।

12-usain-bolt
१२. जमैकाका उसेन बोल्ट तीव्र गतिका धावक हुन् । रियो ओलम्पिकका क्रममा एक सय मिटर दौडको सेमिफाइनलमा उनले क्यामरालाई देखेर मुस्कुराउन भुलेनन् । पछि फाइनलमा उनले ९.८१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो पटक ओलम्पिकको गोल्ड मेडल कब्जा गरे ।

13-young-syrian-boy-omran-daqneesh-aged-five-was-injured-during-airstrikes-in-aleppo-photo-ap
१३. सिरियाको अलेप्पोमा भएको हवाई हमलापछि ढलेको एउटा भवनको भग्नावशेषबाट पाँच वर्षका बालक ओमरान दकनीशलाई रगत र माटोसँग लतपतिएको अवस्थामा उद्धार गरियो । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
14kango
१४. लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी प्रान्त किवुमा अगष्ट महिनामा जातीय हिंसा भड्कियो । हिंसाका क्रममा बुटेंबो शहरमा मात्रै ३० जनाको मृत्यु भयो ।

15-syria
१५. सिरियाको अलेप्पो शहरमा ११ सेप्टेम्बरका दिन भयानक हवाई हमला भयो । ध्वस्त भएका भवनको भग्नावशेषबाट आफ्ना बच्चाहरुलाई निकालेर सुरक्षित स्थानतर्फ लग्दै स्थानीयवासीहरु ।

16-super-moon
१६. सन् १९४८ पछि यस वर्षको १४ नोभेम्बरमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आयो । यसलाई ‘सुपरमुन’ नामकरण गरियो ।

स्राेत अनलाइनखवर