☰ open Loading... 29 March 2024|  

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना
  | ५ माघ २०७३, बुधबार १७:२५

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

उहाँको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए । उनलाई अहिले अस्पताल भर्नागर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको हुुन । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए ।

एजेन्सीकाे सहयाेगमा