☰ open Loading... 20 April 2024|  

चीनद्वारा शक्तिशाली मिसाइल परीक्षण
  | २१ माघ २०७३, शुक्रबार ०७:३२

चीनले शक्तिशाली एक मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको छ। यसले एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने बताइएको छ । यसलाई चीनले परमाणु क्षमतामा आफूलाई शक्तिशाली बनाउँदै लगेको संकेतका रुपमा लिइएको छ ।

फायल तस्वीर
फायल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघि देखि नै चीनसँगको सम्बन्धमा आएको उतारचडावकाबीच गरेको यो परीक्षणलाई चीनको सम्भावित सैन्य क्षमता प्रदर्शनको तयारीका रुपमा लिइएको छ ।

चीनले मिसाइल डीएफ–५सी ‘टेन मल्टिबल इन्डिपेन्डेन्टली टारगेटेबल रिन्ट्री व्हिकल्स अर्थात एमआईआरबीका साथमा उडान परीक्षण गरेको अमेरिकी फ्रि बिकनको समाचारमा उल्लेख छ । अमेरिकी अधिकारीहरुले यस प्रकारको परीक्षणलाई कडा नजर राखेको जनाएका छन् ।

दश नक्कली मुख्यअस्त्रद्वारा लैस डांगफेंग–५सी मिसाइल साङ्सी प्रान्तको तैयुआन स्पेस लन्च सेन्टरमा लन्च गरेको र पश्चिम चीनको रेगिस्तानमा गएर खसेको जनाएको छ ।

यो मिसाइल अन्तरमहादेशीय व्यालिस्टक मिसाईल डीएफ–५ को नयाँ संस्करण भएको जनाइएको छ, जुन सन् १९८० को दशकको सुरुवातमा आएको थियो । पेन्टागनका प्रवक्ता गेरी रसले रक्षामन्त्रालयले चीनको सैन्य गतिविधिमाथि नियमित रुपमा नजर राखेको जनाएका छन् ।