☰ open Loading... 20 April 2024|  

क्षतीपूर्तिको माग राख्दै पुनरुत्थान पार्टीले दबाब दिने
  | १४ फाल्गुन २०७३, शनिबार १९:१७

पीडित जनतालाई क्षतिपुर्ति दिनका लागि सरकारले अटेर गरेको भन्दै पुनरुत्थान पार्टी नेपालले सरकारलाई दबाब दिने भएको छ । बाँकेको नेपालगञ्जमा विरोध ¥यालीको आयोजना गरी सरकारलाई सर्वोच्च अदालतले क्षतिपुर्ति दिन भनी दिएको परमादेश कार्यान्वयन गराउन उक्त पार्टीले दबाब दिने भएको हो ।

बाढीपहिरो भुकम्प, आगजनीजस्ता दैवीप्रकोपबाट पिडीत भएका, लाईसेन्स नभएर शिक्षक तथा विद्यालय कर्मचारीलाई निजामति सरह सेवा दिन र पिडीत जनतालाई क्षतिपुर्ति दिन भनी सर्वोच्च अदालतले पटकपटक परमादेश दिएपनि सरकारले अटेर गरेको पुनरुत्थान पार्टीका अध्यक्ष गोबिन्द बहादुर पौडेलले बताए । आईतबार बिहान दश बजे नेपालगञ्जको सेतु विक चोकमा हुने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि पुनरुत्थान पार्टीले आग्रह गरेको छ ।