☰ open Loading... 25 April 2024|  

ओझेलमा बैतडी स्वराड क्षेत्रको पर्यटन
  | २४ फाल्गुन २०७३, मंगलवार १६:३४

बैतडी । जिल्लाको तल्लो स्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम क्षेत्र त्यसमा पनि पहाडी जिल्ला बैतडी र बैतडीको तल्लो स्वराड राज्यबाटै अपहेलित क्षेत्र हो । राज्यले यस क्षेत्रलाई जति अपहेलना गरेता पनि प्रकृतिको भने बरदानको रुपमा चिनिने यो क्षेत्रमा देवीदेवताको बास भएको र यो क्षेत्र देवभूमि रहेको बूढापाकाको भनाइ रहेको छ ।

यहाँ थुप्रै यस्ता धार्मिक एवम् पर्यटकीयस्थल रहेका छन् जुन धार्मिक एवम् पर्यटकीयस्थल यो क्षेत्रको पहिचान बन्न सक्ने स्थानीय उदयदेवका स्थानीय बासिन्दा नरेन्द्र महताले बताए । उनले भने “सडक विस्तारसँगै स्वराडको पर्यटनको पनि प्रचारप्रसार गर्न जरुरी छ ।”

शिवनाथमा अवस्थित शिवमन्दिर, मेलौलीस्थित माता भगवती मन्दिर, आमचौरा सैलोडास्थित कैलपाल मन्दिर जुन ऐतिहासिक धार्मिकस्थल हुन् र यहाँ वर्षमा एकचोटी मेला पनि लाग्ने गर्दछ । यस्तै, उदयदेव मन्दिर, देहीगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिरलगायत रहेका छन् ।

यी ऐतिहासिक धार्मिकस्थलमा लाग्ने मेला हेर्न, व्यापार गर्न एवम् भगवानको दर्शन गर्न छिमेकी जिल्ला डडेल्धुरा, महेन्द्रनगर एवम् छिमेकी देश भारतको कुमाउ गढवालबाट मानिस आउने गर्दछन् । त्यस्तै, गिरेगढामा गणमेश्वर, तोली त्रिशूललगायतका उच्च पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थल पनि रहेका छन् ।

nepalkhabaer