☰ open Loading... 19 April 2024|  

अब नेपाल टेलिकमको सीममा पनि सापटी लिन सकिने
  | १५ चैत्र २०७३, मंगलवार २१:१७

काठमाडौं ।  नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीलाई ब्यालेन्स कल गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिसँग सम्झौता भएको छ । चैत ६ गते भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालिका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।

यो सँगै उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ । कम्पनीका ग्राहकलाई थुप्रै सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याइएको हो ।

उक्त सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा व्याज भने नलाग्ने कम्पनीले जनाएको छ । उक्त लोन रकम रिचार्जपछि उपलब्ध हुने रकमबाट कट्टा हुनेछ । उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने कम्पनीले विश्वास लिएको छ ।

यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजन सँग कुराकानी गर्न सहज हुनेछ । तर, यो योजना अबको पाँच महिना भित्रमा सञ्चालन आउने कम्पनीले जनाएको छ ।