☰ open Loading... 20 April 2024|  

‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’
  | २६ बैशाख २०७४, मंगलवार २१:१८

देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । नेपाल रेडक्रस, वीरेन्द्रनगर जेसीज, नेपाल परिवार नियोजन संघ लगायत अन्य संघसंस्थाहरुमा आवद्ध सुवेदी कुशल बक्ता समेत हुन् । नेपाली कांग्रेस सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि दर्जन बढी नेताहरु आकांक्षिहरु हुँदाहुँदै पनि पार्टीले सुवेदीलाई मेयरको टिकट दिएको छ । ग्रामिण विकासमा बिएड, एमए गरेका सुवेदी २०४७ सालबाट जनमाविका नेविसंघको ईकाइ समितिको सचिवबाट राजनीतिमा प्रवेश गरेका हुन् । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका उम्मेदवार सुवेदीलाई पश्चिमनेपाल डटकम प्रतिनीधिले तपाईँको उम्मेदवारी किन भनेर कुराकानी गरेका थिए । यसैसन्र्दभमा रहेर उनीसंग गरिएको कुराकानीका सम्पादित अंशः–

१. वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा तपाई“को उम्मेदवारी किन?
नेपाली कांग्रेसले शुरु गरेका योजनाहरुको कार्यान्वयन गर्न र प्रदेश राजधानीको पहली कदमका लागि मैले वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको हुँ । वीरेन्द्रनगरलाई योजनाको शहर र समृद्ध वीरेन्द्रनगर बनाउन म मेयर पदको उम्मेदवार भएर चुनावी मैदानमा उत्रेको हुँ । समग्र रुपमा भन्नुपर्दा वीरेन्द्रनगरलाई सामाजिक, आर्थिक र साँस्कृतीक रुपान्तरणका लागि मेरो उम्मेदवारी हो ।

२. वीरेन्द्रनगर नगरपालिकामा के के चुनौतीहरु देख्नुहुन्छ ?
वीरेन्द्रनगरको विकासका प्रमुख बाधक योजनाको निर्माण र कार्यान्वयन नै हुन् । यति मात्र हैन यहाँका अन्य समस्यामा खानेपानी, भौतिक पूर्वाधार, बाटोको निर्माण तथा गुणस्तरीय सडक नहुनु र नालाका समस्या नि रहेका छन् । साथै जनतालाई प्रभावकारी सेवा डेलिभरी गर्ने समस्या पनि विद्यमान छन् । वीरेन्द्रनगरमा भित्र सुकुम्वासी र बाढीपहिरो प्रभावित तथा उचित रोजगारीका समस्याहरु पनि छन् ।

३. समृद्ध वीरेन्द्रनगरका लागि सम्भावनाहरु के हुन् ?
स् प्रदेशको प्रवेशद्वारा वीरेन्द्रनगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । उपत्यका लगायत माथिल्लो जलाधारका क्षेत्रको संरक्षण गर्न सके पर्यटकिय रुपमा थुप्रै सम्भावनाहरु यहाँ छन् । कर्णाली प्रवेश गर्ने मुख्य नाका यो भएकाले जडिवुडि, खनिज र जलस्रोतको उचित प्रयोगबाट हामीले थुप्रै लाभ लिन सक्छौं । यसको सही सदुपयोग गर्न सरकारी, नीजि र जनतासंग त्रिपक्षिय सम्झौता गरेर नगरको विकास गर्न सकिन्छ ।

वीरेन्द्रनगरमा यी सम्भावना हुँदा हुँदै पनि शैक्षिक र प्रशासनि विकासको रुपमा पनि विकास गर्न सक्छौं । लाटीकाईली र उत्तरगंगाको तल्लो क्षेत्रलाई कृषि हव र गर्पन, रतु र गढीलाई बेमौसी तरकारी तथा पशुपालन पकट क्षेत्रको रुपमा विकास गर्ने हामीसंग सम्भावना र थुप्रै योजनाहरु छन् । जुन हामीले समृद्ध वीरेन्द्रनगर निर्माणका लागि जारी गरेको घोषणा पत्रमा समेत समावेश गरिसकेका छौं । घोषणा पत्र समावेश एजेण्डा नै जितेपछि चरणवद्ध रुपमा कार्यान्वयन गर्नेछन् ।

४. चुनाव जित्ने आधारहरु के छन् ?
स् हेर्नुस्, नेपाली कांग्रेसले २०७० सालमा संविधान सभाको निर्वाचन हुँदा हामीले थुप्रै विकासका एजेण्डा राखेका थियौं । ति सवै आज पूरा भएका छन् र केही हुने क्रममा छन् । हामीले ति योजनाहरुलाई प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्न सम्वन्धित निकायहरुलाई झकझकाउँदै आएका छौं । उपत्यकाको चक्रपथ, फोरलेन सडक, विश्वविद्यालय विस्तार तथा खानेपानीका आयोजनाहरु पनि क्रमबद्ध रुपमा सम्पन्न गर्न काम दु्रत गतिमा अघि बढीरहेको छ ।

कसरी काम भइरहेको छ भन्ने बारे तपाईहरु नै जानकार हुनुहुन्छ । तर कांग्रेसले यसको पूर्ण कार्यान्वयन र दिर्घकालिन समाधान गर्ने हेतुले हामी प्रतिवद्ध छौं । आगामी दिनमा पनि विगतका कमिकमजोरीलाई औंल्याउँदै अगाडी बढ्नेछौं । योजनाहरुको सफल कार्यान्वयन गर्ने दायित्व पनि नेपाली कांग्रेस भएकाले नेतृत्व गर्न चाहान्छ । कांग्रेसले जे बोल्छ त्यो गर्छ, गर्न नसक्ने कुराको कहिल्यै झुठा आश्वासन बाड्दैन् । लामो समयदेखि वीरेन्द्रनगरलाई मैले चिनेको छु । यहाँका मुख्य समस्याहरु के के हुन र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने मलाई राम्रोसंग थाहा छ । त्यसैले म मेयर पदमा जिते भने यहाँको विकासका लागि आवश्यक पर्ने योजना कार्यान्वयन गर्नमा कटिवद्ध रहनेछु । चुनाव जित्ने आधारहरु नै यीनै हुन् ।

५. अन्त्यमा मतदातालाई के भन्न चाहानुहुन्छ ?
स् सामाजिक रुपान्तरण र नगरको समग्र विकास लागि म जनताको दैलोमा आएको छु । लामौ राजनीतिमा कुनै लोभ लालचमा नपरेर जनताको सेवामा सर्मपित छु । पार्टीले मलाई यस पटक विश्वास गरेर मैदानमा उतारेको छ । यहाँका हजारौं युवा, आमावुवाहरुको साथ छ । त्यसैले यो पटक मेयर पदमा मलाई जिताउन अपिल गर्न चाहान्छु ।