☰ open Loading... 29 March 2024|  

आज धान दिवस
  | १५ असार २०७४, बिहीबार १२:११

आज १४ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । जिल्ला कृषि विकास कार्यालय र कृषक समुहको आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव गर्न लागिएको हो । असार १५ का दिन प्रत्येक वर्ष झै यसपटक पनि विभिन्न कार्यक्रमको आयोजना गरी रोपाइँ महोत्सव मनाउन लागेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वीरेन्द्रनगरको मनिकापुरस्थित किसानको खेतमा धान रोपेर महोत्सव मनाउन लागिएको हो । असार १५, अर्थात् नेपाली समाजमा खेतमा रोपाइँ गरि दही चिउरा खाने दिन केही वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने गरिन्छ ।