☰ open Loading... 16 April 2024|  

चुरे संरक्षणमा योगदान पुर्याउने सामुदायिक वन पुरस्कृत
  | ३ असार २०७४, शनिबार १०:३०

कञ्चनपुर । नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ ।

चुरे संरक्षण दिवसको अवसर पारी धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धामं) मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्रदान गरेको हो ।

चुरे संरक्षणमा योगदान पु¥याउने भीमदत्तनगरपालिका, मटैनामास्थित सामुदायिक वन उपभोक्ता समूहलाई रु तीन हजार नगद, प्रमाणसहित द्वितीय पुरस्कार र कृष्णपुर नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहलाई रु दुई हजारसहित तृतीय पुरस्कार उपलब्ध गराइएको थियो । वन डढेलो नियन्त्रण र वन संरक्षणबारे निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रजिअ मनोहरप्रसाद खनालले ती पुरस्कार प्रदान गर्दै चुरे क्षेत्र संरक्षणका लागि अझै योगदान गर्नुपर्ने बताउनुभयो । साकेत धाम क्षेत्रभित्र रहेको धार्मिक वनमा वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।