☰ open Loading... 16 April 2024|  

नेपाली सेनाद्वारा वृहत वृक्षारोपण (फोटो फिचर)
  | २३ असार २०७४, शुक्रबार १४:४०

सुशील खड्का
सुर्खेत । 
नेपाली सेनाको मध्यपश्चिम पृतना सुर्खेतले वीरेन्द्रनगरमा वृहत वृक्षारोपण गरेको छ । वीरेन्द्रनगर–२ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह फलाटेमा नेपाली सेनाले शुक्रबार विहान वृहत वृक्षारोपण गरेको हो ।

सेनाले गत वर्ष मंसिर र पुस महिनामा सञ्चालन गरेको ‘गढी रक्षा’ सञ्चालन गर्नु पूर्व सो सामुदायिक वनको पर्यावरणलाई कायम राख्न वृक्षारोपण गर्ने प्रतिवद्धता जनाएको थियो । सामुदायिक वनसंग गरिएको प्रतिवद्धता अनुसार शुक्रबार वृक्षारोपण गरिएको नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतका महासेनानी आशबहादुर तामाङ जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगरको फलाटे, सिमलचौर र हरिहरिपुरको रानीघाट वन क्षेत्रमा विभिन्न प्रजातिका ७ हजार विरुवा वृक्षारोपण गर्न लागेको बताए । मध्यपश्चिम पृतना हेडक्वाटरको निर्देशनमा नरसिंहदल गण, फिल्ड अस्पताल सुर्खेत एवं मध्यपश्चिम पृतना हवाई सुरक्षा ब्याट्रीले वृक्षारोपण गरेको छ ।

यस्तै, सेनाको नम्बर २ राजदल गण र बिनायकदल गणले वीरेन्द्रनगरको सिमलचौर क्षेत्र तथा कालीदल गण (ई), कुमारी दल गुल्मले गिरीघाटमा वृक्षारोपण गरेको तामाङले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईँ, प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, निमित्त पृतनापति एवं नं. ४ बाहिनी अड्डका बाहिनीपति सहायक रथी नवजिव शम्शेर ज.ब.रा., क्षेत्रीय वन निर्देशक विद्यानाथ झा, नरसिंहदल गणका गणपति प्रमुख सेनानी दिग्विजय शाह, जिल्ला वन अधिकृत हेमराज विष्ट, नेपाली सेनाका अधिकृत तथा जवान, सशस्त्र प्रहरी, सामुदायिक वन पदाधिकारी, लगायतले वृक्षारोपण गरेका थिए ।