☰ open Loading... 18 April 2024|  

रामघाट–दशरथपुर जोड्ने पुल ‘डिजाइनमै फल्ट’
  | २८ असार २०७४, बुधबार ०७:५४

भेरीगंगाको रामघाट र लेकवेसी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुलको डिजाइनमै फल्ट भएपछि पुनः डिजाइन गरिन लागिएको छ । निर्माण जिम्मा पाएको आशिष जेभीले काम गर्ने क्रममा दशरथपुर साइटमा जमिन कमजोर (बोर्डर मिक्स सोइल) देखिएपछि फेरी पुलको नयाँ डिजाइन गरिन लागेको हो ।

रामघाट–दशरथपुर जोड्ने स्टील ट्रष्ट पक्की पुलको रामघाटमा शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । फाइल तस्वीर पश्चिम नेपाल

दशरथपुर–रामघाट जोड्ने स्टील ट्रस पुलको डिजाइन नेपाल ईन्जिनियरिङ ट्रष्टले गरेको थियो । विभागले शुरुमा पास गरेको स्थानमा कमजोर भाग देखिदा शुरुको पसल डिजाइन असफल भएपछि काम नै रोकिएको छ । ‘शुरुमा डिजाइन गर्दा चट्टान छ भनेर डिजाइन भयो र त्यही अनुसार काम अघि बढायौं’ डिभिजन सडक कार्यालय सुर्खेतका इन्जिनियर दिपेश रजकले भने,–‘पुलको नयाँ डिजाइन पनि उही इन्जिनियरले बनाई रहेकाले दशैं अगावै पुनः काम अघि बढ्छ ।’

नयाँ डिजाईन अन्तिम चरणमा रहेकाले आउने वित्तिकै काम शुरु हुने इन्जिनियर रकजले बताए । उनका अनुसार पुलको दशरथपुर साइटमा पुलेको पिल्लर दायाँ वा वाया मात्रै सारेर बाँकी काम सोही स्थानमै हुनेछ । गत पुसमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले रामघाट–दशरथपुर जोड्ने ट्रस्ट पुलको शिलान्यास गरेका थिए । २५ करोड ३२ लाख ४१ हजार ७०७ रुपैयाँको कुल लागत मध्य २० करोड ९१ लाख पक्की पुल निर्माण कम्पनीसंग कबोल भएको छ ।

तर डिजाइनमा फल्ट भएपछि पहिलेको स्टिमेटभन्दा लागत बढ्ने अनुमान कार्यालयको छ । कुल १५४ मिटर लम्बाइ रहेको स्टिल ट्रष्ट पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न हुने डिभिजन कार्यालयले बतायो । रामघाट र दशरथपुर स्थित भेरी नदीमा निर्माण हुन लागेको यो पक्की पुल २ स्पानको हुनेछ भने पुलको चौडाई ७ दशमलव ५ मिटरको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतकाले पुल निर्माणका लागि आशिष निर्माण सेवा प्रा.लि संग ०७३ माघ २० गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्षमा पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेछ । पुल निर्माण भएपछि सुर्खेतका पूर्वी क्षेत्रमा पर्ने लेकवेशी नगरपालिका तथा सिम्ता र चिंगाढ गाउँपालिकाका नागरिकहरुलाई सहज हुनेछ ।