☰ open Loading... 25 April 2024|  

‘भड्कीलाभन्दा नेपाली पन झल्कने गीत पस्कन मनपर्छ’
  | १ श्रावण २०७४, आईतवार ११:१५

आफूलाई के भनेर चिनाउनु हुन्छ ?
– म आफूलाई कलाकार भनेर नै चिनाउन चाहान्छु ।

कला क्षेत्रमा लागेको कति वर्ष भयो ?
–म २०४५ सालबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । तर विचमा केही कठीनाइका कारण केही वर्ष व्याक भएको हुँ । तर सवैको सल्लाह र सुझावले म पुनः २०६८ सालबाट कालाकारिता क्षेत्रमा लागिरहेको छु । हाल आफ्नै निर्देशनमा म्युजिक भिडियोहरु निर्माण गर्नमा व्यस्त छु । हालसम्म मैले निर्देशन गरेका १२ वटा म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् ।

कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

–विद्यालय पढ्दा खेरी नै गीत संगितमा रुचि राख्थे । अग्रज गुरुहरु स्व. टेकराज भारती, प्रेमदेव गिरी, भिमबहादुर कार्कीहरुले मेरो हात समातेर मलाई कलाकारिता क्षेत्रमा प्रवेश गर्नमा सहयोग पु¥याउनु भयो । उहाँहरुकै काखमा हुर्केर मैले आज थुप्रै म्युजिक भिडियोहरु बजारमा ल्याउन सफल भएको छ । म स्कुल पढ्दा गंगा केशी लगायतका दाजूहरुले मलाई संगित भर्ने प्रेरणा दिनुभयो । उहाँहरुले नै मलाई नृत्य गर्न सिकाउनु भयो भने गितहरुमा लय र शव्द चयनमा पनि सहयोग पु¥याउनु भयो ।

हरेक वर्षको तीजमा कति वटा एल्बम निकाल्नु हुन्छ ?
–त्यस्तो त प्रत्येक वर्ष नै मैले गीत निकाल्दैन् । तर पछिल्ला केही वर्षयता विभिन्न तिजका गीतहरु बजारमा ल्याएको छु । सुर्खेतमै छायाँकन गरेको तिजको गीत जाउ सानु हिड शिरफुल किन्न र सारी मैदानमा लर्काउने बोलको गीत दर्शक तथा स्रोताहरुले निकै रुचाइ दिनुभयो । युकेको शहरमा किनेको सारी बोलको गीत बजारमा आइसकेको छ । मेरै लय शब्दमा साउनको पहिलो सातासम्म काँकारी टिपेर आरी भरी साधौँला र बटौली बजारमा बोलका दुई वटा तीजको गीत बजारमा आउँदैछन् ।

लोक संगीतमै आकर्षित हुनुको कारण के हो ?
–हाम्रो समाज विविधतायुक्त समाज हो । हाम्रो आफ्नै लोक संस्कृती, भाषा, मौलिकता छ । हाम्रो लोक संस्कृतिमै नेपालीपन समावेश छ । यीनै कारणले गर्दा म कलाकारिता क्षेत्रमा होमिएको हुँ । अन्य देशको तुलनामा हाम्रो देश कला र संस्कृतीले भरिएको छ । हाम्रो समाजमा नै कला संस्कृतीले भरिएकाले मलाई लोकभाका सानैदेखि मनपथ्र्यो । त्यसैले म यतातिर होमिएको हुँ ।

खास हजूरले दर्शक वा स्रोताहरुलाई कस्ता खालका गीतहरु पस्कनु हुन्छ ?
–मैले बजारमा ल्याउने अधिकाँश गीतहरु नाच्ने खालका छन् । भावुकताभन्दा नि समाजलाई पच्ने र आफ्नै संस्कृती बचाउने खालका गीत संगीतहरु ल्याउन पर्छ भन्ने भावना जागृत हुन्छ । सवै स्रोता वा दर्शकहरुको मन छुनेखालका गीतहरु बढी ल्याउँछु । भड्कीला गीतभन्दा नेपालीपन झल्कने गीतहरु दर्शक वा स्रोताहरुलाई सुनाउन वा देखाउन चाहान्छु ।

अन्त्यमा केही भन्नु छ ?
–नजिकीदै गरेको हरितालिका तिजको सबैमा शुभकाना दिन चाहान्छु । यो वर्षपनि मैले तपाईँहरुकै लागि नाचु नाचु लाग्ने खालका गीतहरु बजारमा ल्याएको छु । केही गीतहरु आउने क्रममा छन् । मेरो सानो प्रयास हो, दर्शक वा स्रोताले मेरा गीतहरु सुनेर प्रतिक्रिया दिनु होला भन्न चाहान्छु ।