☰ open Loading... 19 April 2024|  

सडकमा चिप्लिएर दैलेखमा एक जनाको मृत्यु
  | ३ श्रावण २०७४, मंगलवार १६:१७

दैलेखको आठबीस नगरपालिकामास्थित पाफेखोलामा हिले सडकको छेउबाट लडेर खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ ।खम्बडाँडाबाट घर जाने क्रममा पाफेखोलामा खसेर आठबीस नगरपालिका(१ सात्तलाका ३८ वर्षका टेकराज जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय मेडिकलमा उपचार गरी घर फर्किने क्रममा मध्यपहाडी लोकमार्गको सडक किनाराबाट खोलामा सोमवार साँझ खसेको प्रहरीले जनाएको छ । उपचार गरेर घर र्फकनै लागेको भन्दै घरमा खबर गरेका जैसी घर नआएपछि खोजी गर्दा आज बिहान मात्र शव फेला परेको हो