☰ open Loading... 18 April 2024|  

सुर्खेत–भुरिगाउँ तेलपानी सडकः पाँच वर्ष वित्यो, पुल बनेन
  | ४ श्रावण २०७४, बुधबार ०९:४०

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरहुँदै तेलपानी– भुरिगाउँ बर्दिया जोड्ने सडक खण्डको निर्माणाधिन पक्की पुल पाँच वर्ष वित्दा पनि अझै बन्न सकेको छैन् । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेको हो ।

तराई पहाड हिमाल तथा सुदूरपश्चिम जोड्ने छोटो मार्ग सुर्खेत–तेलपानी–भूरिगाउँ सडक खण्डको सर्वे आर्थिक वर्ष २०६४÷०६५ मा भएको थियो । तर आर्थिक वर्ष २०६८÷०६९ मा भेरी नदीमा पक्की पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन कम्पनी र डिभिजन सडक कार्यालय सुर्खेतसंग १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैँयामा सम्झौता भएको हो ।

हालसम्म पुलको वारीपारी सर्पोट र दुई वटा पिल्लर उठाइए पनि त्यो भन्दा अन्य काम केही भएको छैन् । तीन वर्षमा निर्माण सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएको कम्पनीले आधै काम नगरेको डिभजन कार्यालय सुर्खेतले जनायो ।

पाँच वर्षसम्म पनि पुलको काम अपूरै हुनु दुखद् पक्ष भएको बताएका स्थानीयले पुल निर्माण समयमै सम्पन्न भएको भए हरिहरपुर क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको बराहताल गाउँपालिकाका–२ का प्रेमबहादुर ओली बताए ।

उनले वीरेन्द्रनगर हुँदै बाँके बर्दिया जानुभन्दा तेलपानी सडक खण्डको भेरी नदीमा पुल बने छोटो मार्ग बन्ने बताउँछन् । सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदारको लापरवाहीभन्दा पनि २०७१ सालमा आएको बाढीले विचको पिल्लर बगांगाएकाले पुल पुल निर्माणमा ढिलाइ भएको डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपक रजकले बताए । उनले २०६८ सालबाट पुलको निर्माण जारी रहेकाले निर्माण कम्पनीको म्याद थप गरिसकेकाले मनसुन सकिने वित्तिकै ताकेता गर्ने दावी गरे ।

कम्पनीले काम सञ्चालन गर्न यस अघि नै १ करोड ७६ लाख रकम पहिलो रकम लगिसेकेका कार्यालयको भनाई छ । इन्जििनियर रजकका अनुसार अवको १ देखी डेढ वर्ष भित्र भेरी नदीको पुल निर्माण सम्पन्न हुनेछ । सुर्खेत–भरिगाउँ जोड्न करिव ५० किलोमिटर दुरीमा रहेको यो सडक सुर्खेतदेखि ३२ किलोमिटर दुरीमा तेलपानीसम्म विस्तार गरिएको छ । तेलपानी जोड्न झण्डै ६ किलोमिटर बाँकी रहेको छ । तेलपानीदेखि रानिपुर २० किलोमिटर मध्य बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले आम्बासादेखि तेलपानीसम्म ४ किलोमिटर बाहेक निकुञ्जको सुरक्षार्थ १६ किलोमिटर सडक निर्माण गरिसकेको छ ।