☰ open Loading... 19 April 2024|  

यस्तो बन्यो दुल्लुको बालेश्वरमा ‘शहिद पूर्ण स्मृती उद्यान’ (फाेटाेफिचर)
  | ४ श्रावण २०७४, बुधबार १७:११

दैलेख । दुल्लु नगरपालिका –८ स्थित बालेश्वर मन्दिर क्षेत्रमा तत्कालिन माओवादीबाट विभत्स हत्या गरिएका तत्कालिन नेपाली काँग्रेसका क्षेत्रिय सभापति पूर्णबहादुर भण्डारीको स्मृतीमा उद्यान निर्माण गरिएको छ । एक कार्यक्रममा उद्यानसंगै शहिद पूर्णबहादुर भण्डारीको शालिकको अनावरण गरिएको हो ।


दुल्लुनगर पालिकाका मेयर घनश्याम भण्डारीको प्रमुख आथित्यतामा शहिद पूर्णबहादुर भण्डारी शालिक अनावरण गर्नुका साथै उद्यान जिल्ला वन कार्यालयले नगरपालिकालाई हस्तान्तरण गरेको थियो । मेयर भण्डारीका बुवा पूर्णबहादुर भण्डारी हुन् । मेयर भण्डारीले आफ्नो बुवाको शालिक अनावरण गर्ने अवसर पाए ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायत सरकारी कार्यालय प्रमुखहरु, जनप्रतिनिधिहरु, स्थानीयबासीहरु माँझ मेयर भण्डारीले शालिन अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा शहिद पूर्णकी श्रीमती चन्द्रा भण्डारी पनि सहभागी थिईन् । दुल्लुको विकासका लागि आफु प्रतिबद्ध रहेको मेयर भण्डारीले बताए ।

‘५ वर्षमा दुल्लुलाई नमुना नगरको रुपमा विकास गरेर देखाउनेछु ।’ मेयर भण्डारीले भने, उद्यान, अन्य विकासका साथै पार्क तथा धार्मीक, सांस्कृतीक, ऐतिहाँसिक स्थलहरु योजनावद्ध रुपमा काम हुनेछन् ।’ शहिद पूर्ण स्मृती उद्यानका लागि जिल्ला वन कार्यालय मार्फत ८ लाख रुपैँया खर्च भएको थियो ।

सुन्दर पार्क तथा उद्यान निर्माण गरिएपछि दुल्लु आउने पर्यटकहरु आर्कषित हुने जनाईएको छ । जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले स्मृती उद्यानका बारेमा चर्चा गरेका थिए । उद्यानलाई सुन्दर बनाउन दुल्लु नगरपालिकाको जिम्ममा रहेको वन अधिकृत श्रेष्ठले बताए ।

यहाँका धार्मीक, ऐतिहासिक स्थलहरुलाई ब्यवस्थित गर्न सकेमा सवैको आर्कषण हुने स्थानीय विकास अधिकारी डिलाराम पन्थिले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले दुल्लु क्षेत्रको विकासका लागि उद्यानलाई प्रतिष्ठानको रुपमा विकास गर्न सकिने बताए ।

‘यहाँ धार्मीक, सांस्कृतीक र ऐतिहासिक सम्पदाहरु छन् ।’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘प्रचारप्रसारसंगै गुरु योजना बनाएर काम गरे, दुल्लु हेर्न र बुझ्न आउनेको ताति नै लाग्छ ।’