☰ open Loading... 19 April 2024|  

मातृ र शिशु मुत्युदर घटाउन स्टेचर वितरण
  | ४ श्रावण २०७४, बुधबार १७:१७

जुम्ला । मातृ मुत्यूदर र शिशु मृत्युदर घटाउन जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले स्टेचर वितरण गरिरहेको छ । सडक संजाल नपुगेका गाउँ, जनसंख्याको अबस्था तथा बर्थिङ सेन्टर स्थापना भएका स्वास्थ्य केन्द्रहरुलाई विशेष प्रथामिकताका साथ स्टेचर दिइएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगत बहादुर शाहिले जानकारी दिए । उनले भने ग्रामिण क्षेत्रका गर्भवति महिलाहरु स्टेचरकै अभावका कारण घरै सुत्केरी हुने विद्यमान अबस्था लाई मध्यनजर गरी मागका आधारमा दिइएको बताए ।

जुम्लामा रहेका ३० वटा स्वास्थ्य चौकी मध्य १७ वटामा बर्थिङ सेन्टर संचालन भएको भन्दै ति स्वास्थ्य चौकीलाई प्रथामिकता दिएर स्टेचर वितरण भएको शाहिको भनाई छ । युनिसेफ नेपालको सहयोगमा खरिद गरिएका ५३ वटा स्टेचर मध्य १८ वटा वितरण गरिसकेको अनमी हिमाली खत्रीले बताइन । जसमा लाम्रा स्वास्थ्य चौकीलाई २, हाँकु लाई २, तातोपानी स्वास्थ्य चौकीलाई २, त्यस्तैः कुडारी लाई ३, रारालिहिलाई ३, जुम्लाकोटलाई ३ वितरण गरिएको अनमी खत्रीले जानकारी दिईन ।

उहाका अनुसार कालिकाखेतु स्वास्थ्य चौकीलाई ३, नराकोट लाई ३, र ताम्ती स्वास्थ्य चौकीलाई ३ वटा गरी जम्मा २४ वटा स्टेशच वितरण गरिएको जिल्ला स्वास्य कार्यालयले जनाएको छ ।

यता महिला स्वास्थ्य स्वयम सेविकाहरुले भने स्टेचर वितरण पश्चात घरमै सुत्केरी गराउने महिलाहरुको संख्यामा कमी आउने आशामा छन । कतै सडक संजाल नहुनु तथा भौगोलिक विकटता भएका क्षेत्रमा स्टेशच एक उपयुक्त साधान भएको भन्दै अब सहजता हुने तातोपानी गाउँपालिका २ की महिला स्वास्थ्य स्वयम सेविका तारा परियारले बताइन ।

उनले भनिन पहिला दिएका स्टेचर संरक्षणको अभावमा कता गए भन्ने थाहा नभएको भन्दै सबैले सामाजिक आबश्यकताका साधनहरुलाई संरक्षण गर्न तर्फ जोड दिनुपर्ने बताउनु भयो । भने युनिसेफु नेपालको जम्मा २ लाख २५ हजार बराबरको लागतमा खरिद गरि ल्याएको ५३ वटा स्टेचर ल्याएको बताइएको छ । हाल स्वास्थ्य कार्यालयमा २९ वटा स्टेचर मौज्दात रहेको छ ।