☰ open Loading... 25 April 2024|  

यसरी सम्पन्न भयाे प्रदेश स्तरीय फिटनेश प्रतियोगीता
  | ७ श्रावण २०७४, शनिबार २०:०४

सुर्खेत । मध्यश्चिम फिटनेश सेन्टरले पहिलो पटक आयोजना गरेको ६ नम्वर प्रदेश स्तरीय फिटनेश प्रतियोगीता शनिबार सम्पन्न भएको छ । चिनअप र बेन्च प्रेस गरेर दुई इभेन्टमा खेलाइएको प्रतियोगीतामा चिनअपको उपाधि सारुक मल्लिकले जिते । चिनअप प्रतियोगीतामा द्धितीय लक्ष्मण रोकाय र तृतीय जनक चौधरी भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै ६० केजी तौल समूहको बेन्च प्रेसतर्फ सारुक मल्लिक प्रथम भए भने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवल्दार रमेश थारु द्धितीय र संदीप हमाल तृतीय भए ।

७० केजी तौल समूहमा जनक चौधरी प्रथम, लक्ष्मण रोकाय द्धितीय र सुरज सुनार तृतीय भए । यस्तै ७० भन्दा माथिको तौल समूहमा निर्मल शाही प्रथम, किशोर मगर द्धितीय र इश्वर हमाल तृतीय भए । प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।

मध्यश्चिम फिटनेश सेन्टरका सञ्चालक प्रमोद हमालले ६० केजी तौल समूहमा प्रथम भएका सारुक मल्लिकलाई आउने राष्ट्रिय स्तरको धर्मश्री प्रतियोगीताका लागि निःशुल्क प्रशिक्षण दिएर तयार पार्ने बताए । कार्यक्रमको उद्घाटन शत्रमा शारिरिक सुगठन तथा फिटेनश संघका केन्द्रीय प्रथम उपाध्यक्ष एवम् मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विजयलाल कायस्थले पहिलो पटक मध्यपश्चिम फिटनेश सेन्टरले सुर्खेतमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले प्रदेश स्तरमा उत्कृष्ट भएका खेलाडीहरुलाई केन्द्रीय र अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने वातावरण बनाउन अाफू तयार रहेको बताए । मध्यपश्चिम फिटनेश सेन्टरका सञ्चालक प्रमोद हमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइराला, सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष धनबहादुर रावत, महासचिव गोपालकृष्ण गिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर गिरी, एथलेटिक्स संघका केन्द्रीय सदस्य जनक रावल, प्रशिक्षण विभाग प्रमुख राम वली, सहायक प्रशिक्षक विभाग प्रमुख भूवन थापा, शारिरिक सुगठनका जिल्ला अध्यक्ष महेन्द्रजंग शाही, जिल्ला बक्सिङ संघका अध्यक्ष दिलिपसिंह ठकुरी, कँराते प्रशिक्षक प्रतिप राईलगायतको सहभागीता रहेको थियो ।