☰ open Loading... 18 April 2024|  

प्रशासनलार्इ दवाव भएपछि रातारात भागेकाे एलडिअाे फर्कदै
  | ९ श्रावण २०७४, सोमबार ११:२५

जुम्ला । जुम्लामा यतिखेर एलडिओे रातारात भागेको प्रशंगले चर्चा पाएको छ । एलडिओे रातारात भागेको बिषयमा जुम्लाका हरेक स्थानिय तहसम्म मात्र होइन, संचार माध्ययम र सामाजिक संजालहरुमा समेत टिका टिप्पणि भैरहेका छन् । तर स्थानिय विकास अधिकारी तथा एलडिओे हरीनारायण बेल्वासेले आफु रातारात भागेको भन्ने बिषयमा गलत प्रचार प्रसार भएको दावि गरेका छन् ।

उनले भनेका छन्, ‘म रातारात भागेको होइन, यसलाइ गलत प्रचार गरीएको हो । सबैको सामु भाषण गरेर जानुपर्छ भन्ने कँहा छ र, म पारिवारिक कामले जिल्ला छोडेको हुँ ।’

साउन ३ गते बिहान ५ बजेपछि जुम्ला छोडेको बताएका उनले राती भागेको भन्ने हला निराधर भएकाे बताए । कार्यालयमा भएका कमिकमजोरीलाई सच्याउन खोज्दा आफ्नै कर्मचारीहरुको धम्की सहनु परेको भन्दै आयोजानामा भएको कामको आधारमा उपभोक्तालाइ रकम भुक्तानी गर्न खोज्दा उनीहरुबाट आउने गरेको धम्कीबाट पनि आफुले असुरक्षित महशुस गरेको बेल्वासेको भनाइ छ ।

उनले भने, ‘जिल्लामा संचालित योजनामा काम भए नभएको बिषयमा आफुलाइ संका लागेपछि अनुगमन गरेर मात्र रकम भुक्तानि दिने भनिएको हो ।’ मलाइ भुक्तानि दिन कुनै आपत्ति छैन ।

एलडिओे झिकाउन उपभोक्ताको दवाव

गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ एक हप्ता भित्र एलडिओे झिकाउन दबाद दिएका छन् । जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओे भागेपनि प्रशासन मुखदर्शक भएको भन्दै उनीहरुले चाँडो भन्दा चाँडो एलडिअाेलाई बोलाइ आफुले गरेको कामको भुक्तानि दिने बाताबरण मिलाउन प्रशासनलाइ दबाब दिएका हुन् ।

जिल्लाका अन्य विकासे योजनासँगै विशेषगरी गोठीचौर गाउँपालिकाका छेडादह सडक निर्माण र चोत्रा रामी दोहा हुदै मौरे सडकको निर्माणको आधा रकम भुक्तानि नदिएको पाईएको छ । छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दा समेत वास्ता नगरी एका एक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध नभए प्रशासन विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । जसमा छेडादहको ८ लाख मध्य ३ लाख र चोत्रा, मौरेको २४ लाख ६० हजार मा ६ लाख ६० हजार रुपैया भुक्तानी नलिएको पाइएको छ ।

राजनितिक दलहरुको आपत्ती 
जुम्लाका राजनितिक दलहरुले पनि एलडिओे भागेकोमा आपत्ति जनाएका छन् । आर्थिक बर्षको अन्त्यमा विभिन्न आयोजनाको काम सम्पन्न भइ प्राविधिक रिपोर्ट पेश भएपनि भुक्तानि नदिइ एलडिअाे भाग्नु संयन्त्र भएको दलहरुको भनाइ छ ।

नेपाली कांग्रेस जुम्लाका सचिब कार्मा बुढाले काम नगरी उपभोक्ताले भुक्तानि मागेका छन् भने उनीहरुलाइ पनि कानुनि दायरामा ल्याउनुपर्छ, नत्र उपभोक्ताले काम गरेको रकम नदिइ भाग्ने एलडिओेले नै सबै जिम्मा लिनु पर्ने उल्लेख गरे ।

एलडिओेले विभिन्न योजनामा प्राविधिक मुल्यांकन र रिपोर्टका आधारमा भन्दा पनि कम रकम भुक्तानि गरेको आरोप लगाउदै तानासाहि प्रबृति अन्त्य गर्नुपर्ने बताए ।

यता जिल्ला प्रशासन कार्यालय जुम्लाले दुइ हप्तामै एलडिओे जिल्लामा आउने र सबै समस्या समाधान हुने बताएको छ । सहायक प्रमुख जिल्ला अकिारी टेक बहादुर बुढ्थापाका अनुसार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा यतिखेर कर्मचारीको कार्य सम्पादन मुल्यांकन गृह मन्त्रालयमा पेश गर्न जानुभएकाले उहासँगै एलडिओे पनि आउने र सबै समस्या समाधानको बाटो खोजिने जानकारी दिए । एलडिअाे जिल्ला छोड्दा लिखित जानकारी दिएपनि अनुमति भने नलिएको पाइएको छ भने एलडियो हरीनारायण बेल्वासेले आफु जिल्ला छोड्दा अरुलाइ निमित्तकाे जिम्मेवारी पनि दिएका छैनन् ।