☰ open Loading... 19 April 2024|  

एमयूद्वारा शाहीलार्इ निष्काशन गर्ने निर्णय खारेज
  | ९ श्रावण २०७४, सोमबार ११:५५

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यायले विद्यार्थी नेता अनिलबहादु शाहीलाई निष्काशन गर्ने निर्णय खारेज गरेको छ । नियम विपरित निजि सम्वन्धन दिने तयारीको विरोध लगायतका मागहरु राखी स‌ंयुक्त विद्यार्थीहरुले आन्दोलनका क्रममा रजिष्टारको गाडी तोडफोड गरेपछि विश्वविद्यालयले निष्काश गरेको थियो ।

शाहीलाई निष्काशन गरेकोमा केन्द्रीय विद्यार्थी संघ संगठन, सुर्खेत स्थित सात राजनितिक दल, मप विश्वविद्यालयका संघ संगठन लगायतले विरोध गरेका थिए । निष्कासनको चौतर्फी विरोध भएपछि विश्वविद्यालयले विद्यार्थीको पढ्ने अवसरलाई ध्यानमा राखी निष्कासन गर्ने निर्णय फिर्ता लिएको उपकुलपतिको कार्यलयले जनाएको छ ।

निष्कासन फिर्ता भएपनि प्रसाशनमा दर्ता गरिको सार्वजनिक मुद्दाको वारेमा भने विश्वविधालयले केहि वोलेको छैन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री ईश्वर विष्टले निश्कासन फिर्ता लिएर मुद्दाको वारेमा केहि नवोलेकोमा आपत्ती जनाएका छन् ।

उनले विश्वविद्यालयको संस्थागत वेमानी एबम नियम विपरित सम्वधन दिने निर्णय फिर्ता र केन्द्रिय सदस्य शाही विरुद्धको झुट्टा सार्वजनिक मुद्दा फिर्ता नभएसम्म आन्दोलन यथावत रहने समेत बताएका छन् ।