☰ open Loading... 19 April 2024|  

बुलबुले ताललाई शैक्षिक केन्द्र बनाइँदै
  | १० श्रावण २०७४, मंगलवार १६:५४

सुर्खेत । वीरेन्द्रनगरको मुटुमा रहेको पर्यटकीय स्थल बुलबुले ताललाई शैक्षिक गन्तव्य बनाइने भएको छ । नगर विकास समितिले बुलबुले ताललाई शैक्षिक पर्यटकिय स्थल बनाउने तयारी गरेको हो ।

बुलबुले उद्यानको समग्र विकासका लागि ५ करोड रुपैयाँको टेण्डर भएपछि निर्माणको कार्य मनसुन सकिन वितिकै तिव्र रुपमा अघि बढ्ने भएको छ । सुर्खेत उपत्यका नगर विकास समितिको माग अनुरुप सहरी विकास मन्त्रालयले उद्यानको विकासको लागि उक्त रकम टेन्डर गरेको हो ।

यही असार १९ गते सहरी विकास मन्त्रालयले पर्खाल निर्माण, पार्कभित्रको सडकको सतरोउन्नती, बनभोज सथल निर्माण लगायतका अन्य काम गर्ने गरी टेन्डर गरेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले जानकारी दिए । बुलबुलेको उद्यानको संरक्षणका लागि उद्यानको वरिपरि कम्पाउण्ड वाँलहरु लगाउने उनले बताए ।

आफुले बुलबुलेलाई शैक्षिक पर्यटन बनाउने गरी काम गरिरहेको बताए । शैक्षिक पर्यटकीय सथल बनाउनका लागि उद्यान भित्र अध्ययन गरिने उनको भनाई छ । तालमा रहेका माछा कुन प्रजातीको हो भनि अध्ययन गर्ने छौँ । यसतै चरा, भ्यागुताहरुको प्रजातिहरुको अध्ययन गरी शैक्षिक पर्यटकीय सथल बनाउने उनको भनाई छ । यसतै जैविक विविधतापनि अध्ययन गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।

हाल जथाभावी रुपमा नहाउने गरेकाले त्यसलाई व्यवसथापन गर्नका लागि वैकल्पिक समसयाहरु अपनाउने उनले बताए । उद्यान भित्र बाथरुमहरु निर्माण गरि खुल्ला नहुने कार्य बन्द प्रवृतिको अन्य गरिने उनको भनाई छ । पछिल्लो समय पर्यटकहरु बढ्दै गएका छन् । सुर्खेत आउने पर्यटकहरु एक पटक बुलबुले ताल हरेरै जाने गरेको अध्यक्ष कोइरालाको दावी छ ।

पछिल्लो समय सुरक्षा दृष्टिकोणले निकै चुनौति खडा भएको उनले बताए । सुरक्षा प्रदान गर्नका लागि प्रहरीको गसतीको आवश्यकता रहेको औल्याए । बुलेबुलेका ताल हर्नका लागि दैनिक बाह्य र आन्तिरक गरि ५ सय भन्दा बढी आउने गरेको उपत्यका नगर विकास समितिको तथ्यांक उल्लेख गरिएको छ ।

बुलबुले उद्यानको विकासको लागि टेन्डर भैइसकेकोले आगामी असोज महिनाबाटै निर्माणको काम थाल्ने उनले बताए । कोइरालाले हाल विभिन्न निकाय, संघ÷संसथाहरुसँग समन्वय गरी बुुलबुले उद्यानभित्र वोटानिकल पार्क, बाल उद्यान लगायतका कामहरु पनि अघि बढाएका छन् । हाल बाल उद्यानका निर्माणका कार्यअघि बढाईएको छ ।