☰ open Loading... 20 April 2024|  

नेपालगञ्जबाट तस्करीकाे सुन खरिद-विक्री गर्ने दैलेखका सुन व्यवसायीकाे पर्दाफास
  | १३ श्रावण २०७४, शुक्रबार ०९:५१

नेपालगञ्ज । नेपालगञ्ज दैलेख तर्फ गइरहेको भे १ च ७५८६ नम्वरको सिल्भर रंगको बलेरो चारपाग्रे गाढी गत गत साउन २ गते सांझ रांझा नजिकै अपराध अनुसन्धान केन्द्रका प्रहरीहरुले करीब १८ लाख मुल्य बराबरको ३ सय ८५ ग्राम सुन सहित पक्राउ गरेका बिषयमा थप खोज तथा अध्ययन–अनुसन्धान भइरहेको छ ।

प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीले पक्राउ गरेको सुनको बृस्तीत जानकारी हामीलाई प्राप्त हुने कार्य जारी नै छ । उक्त घटनामा प्रहरीले पक्राउ गरेको सुन तस्करीको भएको र प्रहरीले किन छोडयो भन्ने बिषयमा थप खोज तथा अध्ययन–अनुसन्धान भइरहेको छ ।

हामीलाई प्राप्त पछील्लो जानकारी अनुसार पक्राउ परेको सुन बिक्री कर्ता नेपाल आभुषणका प्रमुख जमिल अहमद जसगढ, सदरलाइन नेपालगञ्जले वराल पाल्पाली सुन–चांदी पसलका प्रोपराइटर दम बहादुर बि.क., नायरायण नगरपालीका दैलेखलाई बिक्री गरेको बिल बनाइएको छ ।

उक्त बिल पछी मिलाइएर बनाइएकोले त्यस बिलको ठेगाना पुरानो नै छ भने काटिएको बिलको हस्ताक्षर राम्रोसंग छैन भने क्रमसंख्या ०१ रहेको छ । उक्त सुन कांचो र १ नम्बरको भएको र तौललाई लुटा भनी ३८५।२७ ग्राम देखाएर १८ लाख १ सय ७२ रुपैयाको बील काटेर मिलाउने प्रयास गरिएको छ ।

हामीलाई प्राप्त बिल, किनबेच भएको सुन र खरिदकर्ताको परिचयपत्र नै हामीलाई प्राप्त भएकोले तस्बीरमा देखाइएको छ । नेपालगञ्जमा केही ब्यक्ती सुन तस्करी मार्फत रातारात धनि हुने सपनाले राष्ट्रिय आर्थिक गतीबिधीमा नकरात्म प्रभाव पर्ने तथा राष्ट्रिय सुरक्षमा समेत असर गर्ने भएकाले हेर्दा सामन्य भएपनी यसलाई नियन्त्रण गनुपर्ने अति आवश्यक भएपनी नियमन निकाय सक्रिय रुपमा लागेको छैन । साउन २ गते नेपाल आभुषण भण्डारले बेचेको सुन कहांबाट कसरी ल्याएको हो ?

सुन थोकमा कसरी किन्न पाइन्छ ? किनेको बैधानिक हुन के–के चाहिन्छ ? यति नै अध्ययन गरेमा सुन कहां कसरी तस्करी भइरहेको छ र यसको रकम के कसरी लिने दिने गर्छन सजिलै पत्ता लाग्नसक्ने जानकारहरु बताउदै आएका छन । माथी भएको सुन कारोबार गर्नका लागी नेपाल राष्ट्र बैकले नेपालका सुनचांदीको कारोबार गर्न इच्छुक भइ स्वीकृत दिइएका बैकहरुलाई दिनको पालै–पालो सुन बिक्री गर्ने र बैकले सुन चांदी ब्यवसाय संघ र सुन चादी तथा रत्न ब्यवसाय महासंघका जिल्ला कार्यालय मार्फत पालै—पालो सबैलाई दामासायीका आधारमा सुन बिक्री गर्ने गरेको पाइन्छ र यसको फुटकर बिक्री लगत सम्पूर्ण विवरण बैकलाई बुझाउनु पर्दछ ।

नेपाल आभुषण भण्डारले उक्त कार्य गरेको कहि कतै देखीदैन तर पनी प्रहरीको क्षेत्र तथा अञ्चलबाट खटिएका अनुसन्धान अधिकृतहरुले पक्राउ गरेको केही घण्टामै अनुसन्धाननै नगरीकिन छोडे ? यस्को जवाफ सम्वन्धीत सम्वन्धीत प्रहरीसंगै रहेपनि प्रहरीले एक अर्कालले छोडेको आरोप लगाउदै आएका छन ।

उक्त घटनाका सम्वन्धका बांकेका प्रहरी प्रमुख टेक प्रसाद राईले एक रात अनुसन्धान अधिकृतको आग्रहमा उक्त ब्यक्ती आएको र पछी उनै ब्यक्तीले किन र कसरी छोडे भन्ने काममा आफुले शंका नलिएको तर घटना अध्ययन बढदै गएकाले यस बारे थप अध्धयन गर्ने बताउनुभउको छ ।

नेपालगञ्जमा नेपाल आभुषण भण्डार र अन्य एक ज्वलर्सका साथै नेपालबाट निकासी तथा पैठारीमा प्रतिबन्धीत जटीबुटी र यार्चागुम्बाको कारोबार गर्ने गरेका जसगढ बरोदरको भारतको रुपैडिहामा नेपालमा निकासी प्रतिबन्धीत जडिबुटी जटामासी २ किसीमको रहेको र त्यसमा एउटा प्रसोधित र अर्को प्रसोधित नरहेको छ । प्रसोधित नगरउिको जटामासी भारतीय भन्सारले नेपाललाई नै फिर्ता गनुपर्ने र तसकरलाई बन ऐन अनुसार कडा कार्वाही गनुपर्ने स्रोतको दाबी रहेको खवर हाम्राे संरचनाले उल्लेख गरेकाे छ ।