☰ open Loading... 19 April 2024|  

सडक कार्यालय सुर्खेतकाे वेमानी, काम नगर्नेलार्इ दियाे भुक्तानी
  | १३ श्रावण २०७४, शुक्रबार १६:४६

सुर्खेत । सडक डिभिजन कार्यालय सुर्खेतले सडक निर्माणको कामै नगरी रकम भुक्तानी गरेको पाएको छ । वीरेन्द्रनगर ७ मा रहेको रेडियो भेरी भवनको पश्चिम तर्फको ठाडो र तेर्सो बाटोको नाली बनाउने कामै नगरी ठेकेदारलाई कार्यालयले भुक्तानी दिएको हो ।

रेडियाे भेरी एफएम नजिकैबाट उत्तर पश्चिम जाेड्ने सडक ।

कार्यालयले ठेकेदारलाई काम नै नगरी १ लाख ७३ हजार रुपैया भुक्तानी दिएको छ । कूल ३ लाख ५५ हजार ६२४ रुपैयाँमा टेन्डर आव्हान भएको यस नाली बनाउन उत्तरगंगा इन्भेष्टमेन्ट ग्रुपले झण्डै ५० प्रतिशत घटेर १ लाख ७७ हजारमा काम गर्ने सम्झौता गरेको थियो ।

असार मसान्त भित्रै काम सक्ने गरी सम्झौता गरेको ठेकेदार कम्पनीले नालीमा एउटा ढुंगासमेत राखेको छैन । काम नै नगरी कार्यालयले ठेकेदार कम्पनीले सम्झौताको पूरै रकम भुक्तानी दिएको छ ।

सडक डिभिजन कार्यालयले कामै नगरी, नक्कली बिल भरपाई बनाएर रकम भुक्तानी गरेको छ । करिब २ सय मिटर सडकको नाली खन्नु पर्नेमा एक मिटर पनि नखनेर भुक्तानी पाएको छ ।

गत आर्थिक बर्षपनि यहि सडक निर्माणको लागी बजेड छुटाएर ग्रायबेलको काम समेत भएको थियो । यता सडक डिभिजन कार्यालय सुर्खेतले भने एकातिर गर्नुपर्ने कामलाई अर्कोतिर गरेको देखाएको छ ।

कार्यालय प्रमुख बेलबहादुर भुजेलले आफुहरुले अन्यन्त्रै ठाँउमा काम गरिएको बताए । उनले वीरेन्द्रनगरकै इत्राम स्कुलदेखि पश्चिमतर्फको बाटोमा काम गरिको भन्दै, पश्चिमतर्फको बाटो भेनिएकाले त्यस क्षेत्रमा काम गरिएको बताए ।

यस्तै समयमै काम गर्न नसक्दा गत आर्थिक बर्षमा सडक डिभिजन कार्यालयको ३० करोड ९५ लाख ७५ हजार बजेट फ्रिज भएको छ ।कार्यालयको १ अर्व ९० करोड ७७ लाख बजेटमा १ अर्व ५९ करोड ८१ लाख भने खर्च भएको छ ।

सुर्खेतमा अधिकांश सडक ठेकेदार कम्पनी र कार्यालयको मिलोमत्तमा यसैगरी काम नभएरै रकम लिने गरेको पाएको छ । ठेक्का पाउनको लागि नियमभन्दा पनि तल झरेर ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्ति पनि मौलाउदै गएको छ ।