☰ open Loading... 19 April 2024|  

कम बजेटले हुम्ला जोड्ने सडकको काम सुस्त
  | २१ श्रावण २०७४, शनिबार २०:४९

काठमाण्डाै‌ । राष्ट्रिय गौरवका आयोजनामा अन्तरग उत्तर–दक्षिण जोड्ने सडकको प्रगति सन्तोषजनक हुन सकेको छैन । सरकारले पर्याप्त बजेट नछुट्याएकाले पनि आयोजनाले गति लिन सकेको छैन ।

कर्णाली करिडोरलाई समेत राष्ट्रिय गौरबका आयोजनामा समावेश गरेको छ । तर, प्रत्येक वर्ष यस्ता आयोजनामा न्युन मात्रामा मात्रै बजेट विनियोजन भएको देखिन्छ । विनियोजित बजेटको खर्च अवस्था भने सन्तोषजनक छ ।

बाँकेको जमुनाहाबाट हुम्लाको सिमिकोट हिल्सासम्म जोड्ने ६ सय ८२ किलोमिटर सडकखण्डमा खासै प्रगति देखिदैन । यही करिडोर अन्र्तगत पर्ने हिल्सा–सिमिकोट सडक योजनाको ९५ किलोमिटरमध्ये ८३ किलोमिटरमा ट्रयाक खोलिएको छ ।

सिमीकोटदेखि सल्लीसल्ला ५० किलोमिटर छ । जसमा अहिले १८ किलोमिटरको मात्रै ठेक्कापट्टाको काम सम्पन्न भएको छ । हिल्सा सिमिकोट सडकका लागि गत वर्ष ११ करोड ८ लाख छुट्याइएको थियो । यसमध्ये ९ करोड १८ लाख खर्च भएको सडक बिभाग बताउँछ ।

यो वर्ष भने यो सडकखण्डको लागि ५४ करोड ५९ लाख छुट्याइएको छ । तर, यसमा नेपाली सेनाले निर्माण गरिरहेको कालिकोटको खुलालुबाट सल्लीसल्लासम्म जोड्ने १४५ किलोमिटरको बजेट पनि पर्दछ ।

सल्लीसल्लादेखि सिमिकोट ५० किलोमिटर सडकमा ३० करोड छुट्टाइएको छ । सिमिकोटबाट हिल्सा सम्मको सडकखण्ड भने अहिले जिबिसले अघि बढाइरहेको छ ।