☰ open Loading... 16 April 2024|  

जिसस सुर्खेतकाे प्रमुखमा निर्वाचित सिग्देलकाे राजनीतिक यात्रा
  | २३ श्रावण २०७४, सोमबार १५:५८

जिल्ला समन्वय समितिमा निर्वाचित भएका छविलाल सिंग्देलको जन्म २०१४ साल माघ २६ सुर्खेत जिल्लाको पश्चिममा पर्ने (साविकको बिद्यापुर गाविस) पञ्चपुरी नगरपालिका ८ मा भएको हो ।

०३४ सालमा नेपाल विद्यार्थी संघबाट सिग्देलले राजनीति सुरु गरेका हुन् । उनी २०३६ साल बहुदल पक्षमा आवाज उठाएका थिए । २०४२ सालमा सिग्देल नेपाली कांग्रेसको तर्फबाट सत्यकरणमा सहभागी जनाएका थिए भने २०४७ साल फागुन ७ गते पञ्चयती व्यवस्था अन्त्य हुनुपर्छ भन्दै भारतको दिल्लीको भारतीय दुतवासमा बहुदलको पक्षमा आवाज उठाउदा १ दिन जेल बस्दा पुलिसबाट कुटाई खाएका थिए ।

राजनीति यात्रा सुरु गरे संगै उनले क्षेत्र नं. २ को शिक्षक संघको सह–सचिवको जिम्मेवार सम्हालि सहेका छन् । ०४९ सालमा विद्यापुर गाविस वडा नं. ७ को अध्यक्ष, २०५२ सालमा विद्यापुर गाउँ कार्य समितिको सभापति हुदैँ २०५४ सालमा क्षेत्रीय कार्य समितिको सदस्य समेत सिग्देल भइसकेका छन् ।

जिल्लाको दुर्गम गाविसमा जन्मीएका सिग्देल ०५७ देखी ०६७ सालसम्म नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्य समिति सदस्यको रुपमा रहेर पार्टीमा सक्रिय छन् ।

०५७–०६७ सालकै विचमा २ वर्ष सह–सचिवको जिम्मेवारी पाएका सिग्देलले सांस्कृति संघ महाधिवेसन प्रतिनीधि पदमा हालसम्म छन् । उनी विकास संघको क्षेत्रीय सभापति समेत हुन ।