☰ open Loading... 19 April 2024|  

१६ घण्टापछि अवरूद्ध सुर्खेत–नेपालगञ्ज सडक एकतर्फी सूचारू
  | २९ श्रावण २०७४, आईतवार १७:४७

सुर्खेत । शनिवार रातीबाट परेको वर्षाले सुर्खेत–नेपालगञ्ज सवारी आवागमन १६ घण्टापछि एकतर्फी सडक सूचारू भएको छ । सुर्खेत जोड्ने एकमात्र सडक रत्न राजमार्गको आधा दर्जन बढी ठाउँमा गएको पहिरो गएपछि अाइतबार विहानैदेखी सवारी आवागन ठप्प भएकाे थियाे ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक धुव्र थापाले एकतर्फी रूपमा सडक सुचारू भएकाे जानकारी दिए । उनले विहानै देखि राजमार्गमा राेकिएका बसहरू गन्तव्य लागेकाे बताए ।

रत्न राजमार्गकाे छिन्चु-हर्रे सडक खण्डकाे कालिदमार नजिकै सडकमा झरेकाे पहिराे । तस्वीर कुलबहादुर खड्का

राजमार्गको सत्तरी, पाँडुले, कालिदमार, सानो हर्रे, निकुञ्ज क्षेत्र भित्र ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए । उनले आइतबार दिनभर पहिरो हटाउने कार्य जारी रहेपनि पुनः पहिरो खसेका कारण सडक सुचारु गर्न ढिला भएकाे बताए ।

यता, छिन्चु–हर्रे सडक खण्डको कालिदमारमा सडक भासिएको छ । सडक अवरुद्ध भएपछि सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत, कर्णाली, जाजरकोट लगायतका जिल्ला यात्रुहरुको विचल्ली भएको थियाे ।