☰ open Loading... 20 April 2024|  

नेपाल बैंकका प्रबन्धक वर्माको हत्या नै भएको परिवारको दाबी
  | १० भाद्र २०७४, शनिबार १६:४६

दाङ । केही समय पहिले बाँकेको अगैयामा रुखमा झण्डीएको अवस्थामा फेला परेका नेपाल बैंक बर्दियाका प्रबन्धक प्रमोद वर्माको हत्या नए भएको उनका परिवारले दावी गरेका छन् । शुक्रवार दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको प्रकृति हेर्दा वर्माको हत्या भएको र घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको परिवारको आरोप छ ।

पत्रकार सम्मेलनमा बर्माकी पत्नी पार्वती बस्नेतले श्रीमानको हत्या गर्नेहरुलाई हदैसम्मको कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता पनि गराएकी छिन् ।

घटना बारे यस्तो भन्छिन वर्माकी श्रीमती पार्वती
हरेक दिनजस्तै सधै सपर्कमा रहने श्रीमान प्रमोद वर्मालाई श्रीमती पार्वतीले साउन २१ गते साँझ ८ बजे फोन गरिन । उनी त्यतिनजेल सञ्चै थिए । फोन वार्तामा उनले आज कवाटरमा खाना नखाने र एकजना स्टाफकोमा खानाखाना वोलाएकोमा त्यतै जाने बताएको त्यो फोन वर्तापछि केसी समयपछि फेरी फोन सम्पर्क भयो र आफूले खाना खाइसकेको र आफु विन्दु मीसकोमा नै भएको वर्माले बताए । केही पारिवारिक गफ पनि भएको श्रीमती पार्वतीले बताइन् ।

सबै विहान ७ बजेसम्म फोन आइसक्ने पार्वतीको अर्काे दिन विहान फोन आएन अनि उनले आफै सम्पर्क गर्न खोजीन, फोन पनि लगाइन एक पटक फोन गर्दा सम्पर्क हुन सकेन भन्यो त्यसपछि मोवाइल स्वीचआप भन्यो । श्रीमानको फोन स्वीच भएपछि वेलुका खाना खाना गएको बैंकको स्टाफ विन्दु ज्ञवालीको फोनमा उनले फोन लगाइन तर उनको फोन रिसिप भएन ।

त्यति भएपछि उनको मनमा केही चिसो पस्यो र बैंकको गार्डलाई फोन गरिन एकजना गार्डले वर्मा मोनिङवाकमा गएको बताए र अर्काे गार्डलाई केही समयपछि फेरि फोन गर्दा वर्मा हिजो रातिनै वाहिर गएको र अहिलेसम्म नआएको जानकारी गराए । त्यसपछि पार्वतीले विन्दुलाई पटक पटक फोन गरिन तर फोन उठेन अनि अर्का स्टाफ आस्मा खड्कालाई फोन लगाइन । उनले पनि केही वेरत फोन रिसिफ गरिनन् केही वेरमा फोन उठाइन तर उनले फोनमा पार्वतीजी सर त ………….भने र फोन काटिन् ।

यति भएपछि पार्वतीमा झन चिसो पस्यो, केही न केही त भएकैछ भनेर उनी अतालिन । उनी फोन गर्ने प्रयास गर्दै उनी वर्मा कार्यरत वर्दिया जाने हतारिन उनी त्यसतर्फ लागिन………. ।

अस्पतालको रिपोटमा घाँटीमा र घुडामा समान्य चोट
मृत्यु भएको १४ दिनपछि भेरी अञ्चल अस्पतालले वर्माको पोष्टमार्टम रिपोट निकालेको छ । त्यसमा वर्माको घाँटीमा र घुडामा सामान्य चोट लागेको मात्रै देखिएको परिवारले जनाएको छ । भिसेरा टेष्टका लागि अरु प्रमाण काठमाडौं पठाएको कोहलपुर प्रहरीले जनाएको श्रीमती पार्वतीले बताइन् ।

विन्दुका दाजु केशव भेरी अञ्चल अस्पतालकै ल्यापमा कार्यरत भएको खुलासा
शरिरमा निर्धात कुटपीट भएको देखिने मृतक वर्माको पोष्टमार्टम रिपोर्ट सामान्य भएको रिपोर्ट निकाल्ने भेरी अञ्चल अस्पतालकोे ल्यापको प्रमुख नै विन्दु ज्ञवादीका दाजु केशव ज्ञवाली भएको खुलासा भएको छ । पत्रकार सम्मेलनमा पार्वतीले श्रीमन खाना खाना गएका स्टाप विन्दु ज्ञवालीको दाजुनै भेरी अञ्चल अस्पतालका ल्याप प्रमुख भएको बताइन् ।

विन्दुको घरमा खाना खाना गएको वेला नै वर्मा गाएव भएका थिए । उनका दाजु केशवले समेत आफ्नी वहिनी र वर्मा वेपत्ता भएको वर्दिया प्रहरीमा रिपोट लेखाएका थिए ।

विन्दु र आस्मा प्रहरी नियन्त्रणमा
आरोपी विन्दु ज्ञवाली र आस्मा खड्कालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई भदौ ७ गते मात्रै प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी काार्यालय कोहलपुरका प्रहरी निरक्षक भिमबहादुर कार्कीले बताए । बर्माको मृत्यु हत्या की आत्महत्या भन्ने प्रश्नमा कार्कीले भने किटानी जाहेरीका आधारमा आरोपित विन्दु ज्ञवाली र आस्मा खड्कालाई हामीले नियन्त्रणमा लिएका छौं अनुसन्धान जारि छ दोषी ठहरीए कानुन बमोजिम कारबाही हुन्छ ।

 इन्द्रेणीअनलाइनबाट