☰ open Loading... 20 April 2024|  

प्रदेश नम्बर ६ को आम्दानीको स्रोत ऊर्जाकाे विकासमा जुटेका छौंः ऊर्जामन्त्री शाही
  | ११ भाद्र २०७४, आईतवार १२:०६

सुर्खेत । पहाड र हिमाल मिलेर बनेको प्रदेश नम्बर ६ को प्रमुख आम्दानीको स्रोत जलविद्युत उत्पादनमा विशेष योजना बनाएर अघि बढेको ऊर्जामन्त्री महेन्द्र शाहीले बताएका छन् । तराईसंग ६ नम्बर प्रदेश नजोडिए पनि ऊर्जा उत्पादनले सिंगो देशलाई धन्ने क्षमता रहेकाले यसको विकास गर्न मन्त्रालय जुटेको शाहीले बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय उद्घाटन गर्न सुर्खेत आएका उर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रदेश विकासको लागि ऊर्जाको विकास हुन जरुरी रहेको बताएका मन्त्री शाहीले अव मन्त्रालयले निर्माणाधिन जल विद्युत आयोजनामा ढिलाई नगर्न निर्देशन दिएको उल्लेख गरे । उनले ६ नम्बर प्रदेशका नयाँ स्थानहरुमा विद्युत उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापनासंगै प्रदेशभरीका ग्रामिण बस्तीहरुमा विद्युत विस्तार गर्नमा सहयोग पुग्ने अपेक्षा मन्त्री शाही छ । उनले सिंहदरवारका अधिकार गाउँ–गाउँमा पु¥याउने अभियान अन्तरगत सातै प्रदेशमा विद्युतको क्षेत्रीय कार्यालय स्थापना गरिएको जानकारी दिए ।

मन्त्री शाहीसहित उर्जामन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग लगायतको टोली कर्णाली र भेरी करीडोरको भम्रणका लागि गएका छन् ।