Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

दशैं विशेष कार्यक्रम ‘तनाव छ जिन्दगी’ सुर्खेतमा हुने

  |

सुर्खेत । दशैँ विशेष कार्यक्रम तनाव छ जिन्दगी सुर्खेतमा हुने भएको छ । ग्लोमोक्स प्रा.लि. सुर्खेतको आयोजना आगामी असोज ७ गते वीरेन्द्रनगरको घण्टाघरमा सो कार्यक्रम हुन लागेको हो ।


राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती सञ्चालन गरिने प्रालिका अध्यक्ष संजय योगीले जानकारी दिए । उनका अनुसार दशैं विशेष कार्यक्रममा लोक गीत, लोक नृत्य, कमेडी, हिप–अफ, ज्यापर ¥याप लगायतका प्रस्तुती रहने छन् ।

कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल, स्थानिय कलाकारहरु चन्द्र मन्दिर, कविराज गिरी ,पवन योगी, सुकदेव अधिकारी लगायत अन्य स्थानिय कलाकारहरु सहभागी हुनेछन् ।

यो कार्यक्रममा सञ्चालन गर्न करिव ३ लाख ८० हजार रुपैयाँको खर्च हुने आयोजकका समिति मुल संयोजक पवन योगीले बताए । कार्यक्रमबाट आम्दानी भएको रकम सामाजिक कार्यमा समेत खर्च गरिने प्रा.लि.ले आयोजना गरेको पत्रकार सम्मेलनमा योगीले जानकारी दिए ।  असोज ७ गते दिउसो दिउसो १ बजे हुने कार्यक्रममा प्रवेश शुल्क ५ सय रुपैया तोकिएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     10:14:39 AM
error: Content is protected !!