☰ open Loading... 18 April 2024|  

जिएमअारले काम नगरे अपर कर्णालीकाे ठेक्का खारेज गर्ने ऊर्जामन्त्री शाहीकाे चेतावनी
  | १४ भाद्र २०७४, बुधबार १८:०५

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका नदिनालाहरु ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । नेपालका खोलाहरु झोलामा हालेर हिँड्नेहरुले विद्युतको नाममा कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र काम सुरु नगरे कार्वाही सुरु गरिने बताए ।

मन्त्री शाहीले ३५ दिनभित्र काम सुरु नभए अपर कर्णाली परियोजनाको ठेक्का रद्द गर्ने चेतापनी समेत दिए । यस्तै बुढी गण्डकी परियोजनाको काम पनि समयमै सुरु नभए सम्झौता रद्द गरिने चेतावनी मन्त्री शाहीले दिएका छन् ।

अपर कर्णाली विद्युत परियोजनालाई जग्गा उपलब्ध भएको र अबको ३५ दिनभित्र काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिए । अपर कर्णाली परियोजना निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी जिएमआरले लिएको छ ।

रिपोर्टस क्लवले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले काम नगर्ने कम्पनीहरुसँगको सम्झौता रद्ध गर्ने चेतावनी दिएका हुन् ।

नेपालका नदीबाट नेपाल सरकार र नेपाली जनताकै लगानीमा विद्युत उत्पादन गर्ने योजना समेत अघि सारिएको भन्दै मन्त्री शाहीले काम नगर्ने कम्पनीलाई कार्वाही गरिने चेतावनी दिएका हुन् ।