☰ open Loading... 19 April 2024|  

यस्ता छन् प्रदेशमै पहिलो पटक भित्रिएका काँक्रेविहारका ‘एयर सस्पेन्स बस’ (भिडियो)
  | १५ भाद्र २०७४, बिहीबार १५:५१

सुर्खेत । प्रदेश नम्बर ६ मा पहिलो पटक काँक्रेविहार यातायात व्यवसायी संघले ‘एयर सस्पेन्सन एयर बसहरु सुर्खेतमा भित्राएको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै संघले भारतको सीना बडी विल्डर्सले तयार पारेका ८३ लाखमा सुविधा सम्पन्न बसहरु सुर्खेतमा भित्राएको हो ।

 

पर्यटकका लागि मात्रै सञ्चालनमा आउने यी बसहरु पहिलो पटक व्यवसायीक प्रायोजनका लागि पाँच वटा बसहरु सञ्चालनमा ल्याएको काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले बताए । अन्य बसहरुको तुलनामा एयर बसमा यात्रा गर्दा नउफ्रिने र लचकदार सिटहरु रहेको जानकारी दिए । यी बस दैनिक सुर्खेत–काठमाण्डौ र काठमाडाै‌ सुर्खेत रुटमा शुक्रबार (भाेली) देखी सञ्चालन हुनेछन् ।

हरेक वर्ष यात्रुहरुका लागि नयाँ–नयाँ सेवा थप्दै आएको समितिले यो वर्ष एयर बस सञ्चालनमा ल्याएको सचिव सापकोटाको भनाई छ । समितिले यसअघि काँक्रेविहार एसी, बुलबुले मेट्रो, डिलक्स जस्ता बसहरु सुर्खेत काठमाडौं रुटमा सञ्चालनरत छन् । एयर सस्पेन्स बससहित समितिसंघ हाल १६३ वटा बस तथा हाइसहरु छन् ।