☰ open Loading... 20 April 2024|  

उपाध्यक्षसहित अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीमा सुर्खेतका ६ जना निर्वाचित
  | १७ भाद्र २०७४, शनिबार १०:४९

नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा सुर्खेतका ६ जनाले बाजी मारेका छन् । गत भदौ ७ गते देखि काठमाडौंमा जारी क्रान्तिकारीको २१औ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनकालागि भएको निर्बाचनबाट सुर्खेतबाट उपाध्यक्षसहित ६ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

संगठनको केन्द्रीय महिला उपाध्यक्षमा सुर्खेतका छात्रा पञ्चा सिंह, खुला सदस्यमा महेश जिसी, त्रिसना हमाल, राधा विक तथा दलित सदस्यमा मोतिराम नेपाली र अपाङ्ग सदस्यमा जानकी रेग्मी निर्वाचित भएका छन् ।

संगठनको केन्द्रीय नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा रन्जित निर्वाचित भएका छन् ।तामाङले अध्यक्षका प्रत्यासी अनिल शर्मालाई झिनो मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएको हुन् ।

यसैगरी खुल्ला उपाध्यक्षमा सुरेन्द्र वस्नेत, तिलक भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । जनजाति उपाध्यक्षमा दिपेश पुन, महासचिवमा उत्तम अधिकारी,  उपमहासचिव जीपी मैनाली, तुकमान महरा विजयी भएका छन् भने, आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी छन् ।

खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल र कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।