☰ open Loading... 25 April 2024|  

राप्रपाको प्रदेश ६ युवा संगठन संयोजकमा युवानेत्री ठकुरी
  | १७ भाद्र २०७४, शनिबार १२:२४

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन प्रदेश नम्बर ६ को संयोजकमा युवानेत्री सन्तोषी शाही ठकुरीले जिम्मेवारी पाएकी छन् । युवा संगठनको काठमाडौंमा बसेको बैठकले ठकुरीलाई प्रदेश ६ को संयोजकको जिम्मेवारी दिएको हो ।

भातृ संगठन युवा संगठनको केन्द्रीय सदस्य समेत रहेकी ठकुरी लामो समयदेखी सक्रिय राजनीतिमा छिन् । प्रदेश संयोजकको जिम्मेवारी पाएसंगै उनले यहाँका सवै जिल्लामा संगठनलाई विस्तार गर्ने पश्चिमनेपाल डटकमलाई बताइन् । उनले पार्टीका एजेण्डा लिएर प्रदेश व्यापी कार्यक्रमहरु केही दिन शुरु गर्न लागेको जानकारी दिइन् ।