Loading... 18 November 2017|   शनिबार, मंसिर २, २०७४

जेसिज कप २०७४ मा सुदूरपश्चिम विजयी

  |

चितवन । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको समूहले मध्यम प्रदर्शन गरेको थियो । केही अवसर चितवनले गुमाएको थियो ।  अाइतबारको खेल विजय युथ हेटौँडा र फ्रान्ड्स क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कूल १० वटा समूह सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौँडा र मनाङ मस्र्याङ्दी छन् ।

प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४     10:07:19 AM
error: Content is protected !!