Loading... 19 September 2017|   मङ्लबार, अशोज ३, २०७४

‘गाउँवासीलाई डोकोमा तरकारी बोक्न छुटाउँछु’

  |

दैलेखको गुँरास गाउँपालिका सुर्खेत जिल्लासंग जोडिएको गाउँपालिका हो । यहाँको आम्दानीको मुख्य स्रोत पर्यटन र तरकारी खेती नै हो । पूर्वको लालिकाँडादेखी पश्चिमको सेरीसम्म बाह्रैमास तरकारी खेती हुन्छ । कृषिको हव मात्रै हैन गुँरासे मुख्य पर्यटकीय गन्तव्य पनि हो । तर गुँरास गाउँपालिकाका ग्रामिण सडक भने मौसमी रुपमा सञ्चालन हुन्छ । गाउँपालिकाले कृषि र पर्यटनको विकासको तथा ग्रामिण सडक सञ्जाललाई दिर्घकालिन योजनाहरु कसरी अघि बढाएको छ त भन्ने सन्दर्भमा रहेर गुँरास गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसंग पश्चिमनेपाल डटकमकर्मी मदन विकले सोधेका थिए । प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश ः

आजभोली के काम व्यस्त हुनुहुन्छ ?
जन प्रतिनीधिको हैसियतले धेरै मेहनका साथ नीति तथा कार्यक्रमहरु ल्याएका छौँ । नीति तथा कार्यक्रममा ल्याएर मात्र हुँदैन त्यसलाई कार्यान्वय पनि गुर्नपर्ने हुन्छ, त्यसैले आजभोली गाउँ सभाले पारित गरेको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा व्यस्त छौं ।

चुनावमा जनता माझ गरेको प्रतिवद्धताहरु पूरा कसरी गर्दै हुनुहुन्छ ?
एकदम चुनावमा होमिदा जनाएका प्रतिवद्धताहरु याद छन । हामी जनताको बीचमा प्रतिवद्धता राख्दै गर्दा गुराँस गाउँपालिका भएका सडक पुर्वाधार व्यवस्थित गरेर १२ महिना संचालन गर्ने योजना राखेका थियौँ । त्यही आधारमा हामीले बजेट विनियोजित गरेका छौँ । प्रत्येक घरमा विद्युतीकरण गर्ने बाचा गरेको थियौँ, त्यसलागि हामी बजेटबाट पनि थालनी गरेका छौँ ।

गुणस्तरीय शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पुर्वाधार समृद्धिका पाँच आधार जस्ता मुल नाराहरु थिए । त्यसैको आधारमा गाउँपालिकाको बजेट विनियोजित गरेको छौँ । हिजो गरेका प्रतिवद्धता प्रतिवद्धत भएर पुरा गर्नेछु । स्वास्थ्यको क्षेत्रमा गुराँस गाउँपालिकाका जनतालाई वीरेन्द्रनगरमा बिरामी भएर आउदाँ दुइहजार पाँचसय रुपैयाँभन्दा बढी नतिर्ने वातारण सिर्जना गर्ने प्रतिवद्धता गरेका थियौँ । त्यसका लागि एम्बुलेन्स खरिद प्रक्रियालाई अगाडी बढाएको छौँ ।

गुँरास गाउँपालिकाको साना–ठाउँमा जाने बाटोलाई व्यवस्थित गर्न र १२ महिना पहिरो हटाउनका लागि स्काभेटर खरिद गर्ने योजना बनाएका छौँ । विभिन्न क्षेत्रमा बजेटलाई समानुपातिक वितरण गरेर गुँरास समृद्धको महान कार्यमा हामी होमी सकेका छौं ।

गुँरास गाउँपालिका पर्यटकीय र तरकारी खेतीको हब हो ? त्यसलाई व्यवस्थ गर्न तपाईसंग कस्ता योजनाहरु छन ?
पर्यटनको सन्र्दभमा भन्नु पर्दा पर्यटन गुरुयोजना बनाउने तयारी गरेका छौँ । पर्यटन गुरुयोजना भन्ना वित्तिकै पर्यटकीय क्षेत्रको लागि साच्चिकै गुँरास गाउँपालिकामा बन्न सक्ने ठाउँहरु के–के हुन त ? पहिलो चरणमा हामीले योजनाहरु बनाउने छौँ । गाउँपालिकाले तत्कालिन अवस्थामा पर्यटकीय क्षेत्र विकासका लागि आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट करिब १ करोड बिनियोजित गरेका छौँ । गाउँपालिकामा भएका गुफाहरुलाई व्यवस्थित गर्दैछौँ ।

गुँरास गाउँपालिकामा रहेका अग्ला–अग्ला डाडाहरुमा भ्यू–टावरको व्यस्था गर्दैछौँ । होमस्टे संचालन गर्ने बजेट व्यवस्थापन गरेका छौँ । यस्तै मठ–मन्दीर व्यवस्थापन गर्ने योजनाका साथ बजेट विनियोजित गरिएको छ । साच्चिकै पर्यटन विकास गुँरास गाउँपालिका समृद्धिको महत्वपुर्ण आधार स्तम्भको रुपमा रहने अवस्था छ । त्यसैले गाउँपालिकाले पहिलो प्रथामिकता पर्यटनलाई दिएका छौँ ।

यस्तै रोजगारको शिलसिलामा गाँउपालिकाले कृषिलाई स्वरोजगारमुखी बनाउनु पर्छ भन्ने सोचका साथ हामीले कृषि क्षेत्रमा पनि थुप्रै बजेट विनियोजित गरेका छौं । कृषिलाई नीति तथा कार्यक्रममा समावेश गरेर कृषि क्षेत्रमा बजेट विनियोजित गरेर अब हामी व्यवसायी ढङ्गबाट आधुनिक प्रणाली कृषिलाई अघि बढाउने योजना अघि सारेका छौं । अब बेरोजगारका कारण भौतारीरहेका युवाहरुलाई रोजगारको कुरा, भन्दापनि स्वरोजगारका कुरालाई मध्यनजर गर्दै कृषिलाई व्यवस्थित बनाउँदैछौँ । वीरेन्द्रनगर, नेपालगञ्ज र दैलेख सदरमुकाम यहाँको तरकारी निर्यात हुन्छ । तरकारी संकलनलाई व्यवस्थित गरेर कृषि उत्पादनलाई बढवा दिने योजना अघि सारेका छौं ।

गाँउपालिका रहेका मौसमी सडकहरुलाई व्यवस्थित बनाउने कसरी जुट्नु भएको छ ?
गुँरास गाउँपालिकामा मुख्य गरी तीन सडकहरु छन् । यही नगरपालिका भएर जाने मुख्य सडक कर्णाली राजमार्ग, सुर्खेत–दैलेख राजमार्ग र अर्को रातानाङ्गा–धरमपोखरा हुन् । यी बाटाहरु बाह्रैमास चल्ने बाटाहरु हुन । गाउँ–गाउँ जाने अथात् वडा स्तरमा जाने बाटाहरु पनि छन् । ति बाटोहरुमा सवारी साधनहरु बाह्रै महिना चल्न सक्दैन ।

प्रत्येक वर्ष ८ महिना मात्र चल्छन । यी सडकलाई व्यवस्थित गर्न पहल भईरहेको छ । व्यवस्थित गर्नका लागि गाउँपालिका चालु आर्थिक वर्षमा बजेट विनियोजित गरेको छ । मलाई लाग्छ विकासका चरणहरु एकैपटक पार हुन सक्दैन । पुर्वाधारलाई विस्तृत रुपमा अध्ययन गरेर तत्काल सडक गुरुयोजना तयार गर्ने हामी योजनामा छौँ । सडक गुरुयोजनाका आधारमा गुँरास गाउँपालिका समृद्ध गर्न निम्ती सडक विकास र सञ्जालमा जोड्न हामीले विशेष जोड दिएका छौँ ।

हामीले गुँरास गौरव मार्गको रुपमा एउटा नयाँ सडकलाई कार्यपालिकाको बैठक हुँदै बजेट छुट्याइ सकेका छौं । जुन गँुरास गौरव मार्गले समग्र गुँरास १ देखी ८ सम्मका जनतालाई सडक पँहुचमा सहज पु¥याउने अपेक्षा राखिएको छ । यस्तै वडा स्तरका सडकहरुलाई पनि व्यवस्थित गरेर किसानहरुले उत्पादन गरेको वस्तु डोकोमा बोकेर धेरै माथि डाडामा ल्याएर बजारीकरण गुर्नपरेको छ । अब हामी गुँराका कृषकहरुलाई सडक व्यस्थित गरेर आफ्नै टोल र छिमेकबाट त्यहाँको उत्पादनलाई वितरण गर्ने वातावरणको सिर्जना गर्ने लक्ष्य लिएका छौं । अव गुँरास गाउँपालिकाका नागरिकलाई डोकोमा तरकारी नबोक्ने गरी काम थालेका छौं ।

अबको पाँच वर्ष भित्र समृद्ध गाउँपालिका बनाउने तपाईले कस्ता योजनाहरु बनाउनु भएको छ ?
गुँरास समृद्धका धेरै मत्हवपुर्ण पक्षहरु छन् । गुँरासलाई समृद्ध बनाउन सम्भव पनि छ साथै चुनौति पनि हामीमाझ उत्तिकै छन् । चुनौती हुदाँहुदै चुनौतिसंग लड्दै पार गर्दै त्यहाँ सम्वभावनाका कुराहरु पनि त छन् । पर्यटन विकासका कुराहरु छन् । पर्यटन विकासले त्यहाँका आर्थिक स्थिति बृद्धि हुने मुख्य आधार हो ।

कृषिलाई् व्यवसायिकरण गर्न सक्यौ भने हाम्रो समुदायको आर्थिक स्थिति वृद्धि हुन्छ । सडक पहुँचको कुरा छ, पुर्वाधारको कुरा गर्दा सडकहरु विस्तार गर्दैछौँ । प्रत्येक घर–घरमा बत्ति बाल्ने योजना बनाएका छौँ । सडक, विद्युत र जनताको प्रत्यक्ष सेवा पुग्ने स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकियो भने गुँरासमा राखिएका हिजोका प्रतिवद्धताहरु गुँरासका जनताहरु कल्पना गरेका कुराहरुलाई पुरा गर्न सक्छौँ ।

यही योजनाहरुलाई अघि सारेर नीति तथा कार्यक्रम पर्यटन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार गुँरास समृद्धिका पाँच आधार बनाएर तिव्रता साथ हामी अघि बढेको छौँ । अबको पाँच वर्षभित्र गुँरास गाउँपालिकालाई प्रदेश नम्बर ६ को उत्कृष्ट पर्यटकीय र कृषि हवको गाउँपालिका बनाउने योजनामा छौँ ।

ति योजनाहरु सफल बनाउन कस्तो रणनीति तय गर्नु भएको छ ?
हामी नीति तथा कार्यक्रमहरु प्रस्तुत ग¥यौँ । नीति तथा कार्यक्रमको आधारमा बजेटपनि विनियोजित ग¥यौँ । यो बजेटले सम्भव हुँदैन । पहिलो कुरा भनेको सुशासनको कुरा छ । जब हामीले सुशासन कायम गर्न सक्छौँ । जनतालाई प्रशिक्षित गराउँन सक्छौँ । जनताले अब कुनैपनि नकारात्मक सोच होइन सकरात्मक सोचका साथ अगाडी बढ्न सक्ने मनस्थितिको विकास गर्न सक्छौँ । यो कारणले गर्दा रणनीति सफल बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।

प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४     11:30:40 AM
error: Content is protected !!