Loading... 19 September 2017|   मङ्लबार, अशोज ३, २०७४

ह्याण्डबल प्रतियोगीताकाे उपाधी अादर्शराज माविले चुम्याे

  |

सुर्खेत । यहाँ सञ्चालन भएको जिल्ला विद्यलय स्तरीय आधारभुत र माध्यमिक तहका छात्र-छात्रा ह्याण्डबल प्रतियोगीताकाे माध्यमिक तहकाे प्रथम उपाधी आदर्शराज माध्यमिक विद्यालयले चुमेकाे छ । जिल्ला स्तरिय दोस्रो ह्याण्डबल प्रतियाेगिताकाे अन्तिम दिन अायाेजित खेलमा विजयी हुँदै उपाधी अादर्शराज माविले चुमेकाे हाे ।

दाेस्राे एसओएस हर्मन माईनर विद्यालय र तेस्राे शिव माध्यमिक विद्यालय लाटिकोईलीले हात पारेको छ । यता माध्यमिक तहकै छात्रा तर्फ प्रथम उपाधि एसओस हर्मन माईनरका, दोस्रो उपाधि पब्लिक एकेडेमी र तेस्रो उपाधि जन माध्यमिक विद्यामिकले हात पारेको छ ।

आधारभुत तहमा भने छात्रतर्फको खेलमा सैनिक आवासिय माध्यमिक विद्यालय प्रथम, आदर्शराज माध्यमिक विद्यालयले द्धितिय र तेस्रो एसओएस हर्मन माईनर विद्यालले उपाधि हात पारेको हो ।

आदर्शराज माध्यमिक विद्यालयका केशब बिस्टले उत्कृष्ट गोलकर्ताको उपाधि पाएका छन् । पुरस्कार वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गरेका थिए । वीरेन्द्रनगरकाे रंगशाला अगाडिको खुल्ला चौरमा सञ्चालन भएको प्रतियोगीता काे अायाेजना जिल्ला ह्याण्डबल संघले गरेको हो ।

प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४     5:31:59 PM
error: Content is protected !!