☰ open Loading... 29 March 2024|  

मानव बेचविखन विरुद्ध जनमाविमा सचेतना कार्यक्रम
  | २० भाद्र २०७४, मंगलवार १०:५७

सुर्खेत । मानव बेचविखन विरुद्धको ११ औं दिवसको अवसर पारेर मानव बेचविखन विरुद्धको जिल्ला समिति सुर्खेतले वीरेन्द्रनगर स्थित विद्यालयहरुमा मंगलवार जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

अवको गन्तव्य मानव बेचविखनको अन्त्य भन्ने नारासहित मानव बेचविखनको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा महिला तथा बालवालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले भारत मात्र नभई विश्वका विभिन्न देशहरुमा पनि बेचविखनको कार्य भइरहेको भन्दै यसमा सचेत रहन विद्यार्थीहरुलाई आग्रह गरे । उनले बेचविखनमा परेर आएका पीडितलाई सहयोगको लागि कोषको स्थापना गरिएको पनि जानकारी गराए । उनले स्थानीय स्तरमा पनि दिवस मनाउन सबैलाई आग्रह गरे ।

आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले विवाह गर्ने, जागीर लगाइदिने जस्ता विभिन्न प्रलोभनहरु देखाएर आफन्तहरुबाट पनि यसरी बेचविखनमा पर्ने गरेको भन्दै सर्तक रहनुपर्ने बताइन्। बेचविखनको शंका लाग्ने वित्तिकै प्रहरी कार्यालयमा खबर गर्ने आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघका महिला उपाध्यक्ष माया थापाले यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु दिवसको अवसरमा मात्र नभई निरन्तर सञ्चालन गर्नुपर्ने औल्याइन् । जसले गर्दा यस्ता गतिविधिलाई न्युनिकरण गर्न सहयोग पुग्ने थापाको भनाई थियो ।

जन माध्यमिक विद्यालय वीरेन्द्रनगर र श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राममा गरिएको कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दिवसकै अवसर पारेर सार्वजनिक यातामयातका साधनहरुमा मानव बेचविखन विरुद्धको पोष्टर तथा पम्मपलेटहरु टाँस गर्ने कार्यक्रम पनि रहेको महिला तथा बालवालिका कार्यालयले जनाएको छ ।